काठमाडौं । एमाले आन्तरिक विवाद सुल्झनेभन्दा चर्कने अवस्थामा पुगेपछि माधवकुमार नेपाल पक्षका सांसद राजीनामा दिएर बाहिरिने अवस्थामा पुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन र पदाधिकारीसहितको बैठक राख्न असहमति जनाएपछि नेपाल पक्षका सांसद सो पदबाट राजीनामा दिएर कार्यकर्ताको माझ जानुको विकल्प नभएको निष्कर्षमा पुगेका हुन्।
राजीनामा दिने उद्देश्यले निर्वाचित र समानुपातिक गरी नेपाल पक्षका सबै सांसदले हस्ताक्षर गरिसकेको स्रोतको दाबी छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले विवाद सुल्झाउनेभन्दा पनि जसरी हुन्छ आफूसँग असहमति राख्नेलाई अल्मल्याउने र पन्छाउने नीति लिएको नेपाल पक्षको बुझाइ छ।
नेपाल पक्षका सांसदले सकेसम्म विवाद मिलाउन सबै विकल्प खुला राख्ने तर ओलीले ढोका बन्द गरे राजीनामा नै दिनुपर्ने बताएका छन्। सातदोबाटोस्थित ओलम्पिक कमिटीको भवनमा शनिबार दिउँसो बसेको नेपाल पक्षीय संसदीय दलको बैठकमा राजीनामा दिन सबै सांसद सहमत भएको स्रोतले बतायो।
बैठकमा सांसदहरूले नेता नेपाललाई एकपटक ओली पक्षका नेताहरूसँग कुराकानी गरेर विवाद सुल्झाउने प्रयास गर्न आग्रह गरेका थिए। वार्ताका लागि सांसदहरूले नेता नेपाललाई अख्तियारीसमेत दिएका छन्।
‘तपाईं पार्टी प्रमुख भइसकेको व्यक्ति भएकाले एक पटक ओली र उनी पक्षका दोस्रो तहका नेताहरूसँग पनि छलफल गर्नुहोस् भनेर हामीले नेता नेपाललाई सुझाव दिएका छौं। त्यसका लागि अख्तियारी पनि दिएका छौं। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २६ बैशाख २०७८, ०७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको निष्पक्षतामाथि ओलीको प्रश्न
आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुने ओलीको जिकिर
संसद् विघटनको मुद्दामा साधारण तारेख तोकिएकोप्रति ओलीको आपत्ति
देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको ओलीको आरोप
‘भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ’ : ओली
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली