काठमाडौं । नेकपा एमालेका युवा नेता आन्तरिक विवाद समाधान गर्ने प्रयासमा खटिए पनि पार्टी अध्यक्ष केपी शर्मा ओली मौन बस्दा समस्या समाधानमा कुनै प्रगति हुन सकेको छैन ।
दुई दिनदेखि विवाद मिलाउन कस्सिएका नेता एमालेको पुरानै पार्टी संरचनाअन्तर्गत बैठक राखेर त्यहींबाट समाधान खोज्ने पक्षमा सकारात्मक बने पनि ओली मौन बस्दा उनीहरूको प्रयाससमेत निरर्थक बनेको छ ।
एमालेको नेपाल–खनाल पक्ष विवाद मिलाउन सबैभन्दा पहिले २०७७ फागुन २८ गतेको निर्णय सच्चिनुपर्ने अडानमा छ ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले फागुन २८ को निर्णय सच्याउन असहमति जनाएपछि शुक्रबार हुने भनिएको ओली–नेपाल निर्णायक वार्तासमेत हुन सकेन ।
बालुवाटारमा दोस्रो तहका नेताले कार्यदल बनाएर विवाद निरुपण गर्नेसम्मको विषयमा छलफल गरे पनि शुक्रबार यसले निकास पाउन सकेन । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २५ बैशाख २०७८, ०६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली
रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन
सरकारले जेन जेडसँग गरेको सम्झौता कलाविहीन नाटक थियो: ओली