चेल्सी रियल म्याड्रिडलाई हराउँदै  च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

एजेन्सी

विहीबार, २३ बैशाख २०७८, ०९ : ३२
चेल्सी रियल म्याड्रिडलाई हराउँदै  च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

एजेन्सी । चेल्सीले बुधबार रियल म्याड्रिडलाई २–० ले हराएर युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको छ । उपाधिको भिडन्तमा चेल्सीले टिमो वार्नर र मेसन माउन्टको गोलमा म्याड्रिडलाई हराएको हो । अब चेल्सीले म्यानचेस्टर सिटीको सामना गर्नेछ । 

स्टायनफोर्ड ब्रिजमा भएको सेमिफाइनल दोस्रो लेगमा चेल्सीले प्राप्त गरेको यो जितपछि इंग्लिस प्रिमियर लिग टिम समग्रमा ३–१ को अग्रता लिन पनि सफल रह्यो ।

चेल्सीले यसअघि पहिलो लेगमा कीर्तिमान १३ पल्टको विजेता रियललाई १–१ को बराबरीमा रोकेको थियो । जर्मन खेलाडी वार्नरले २८ औं मिनेटमा गोलको खाता खोले । मेसनले ८६ औं मिनेटमा दोस्रो गोल थपे ।

प्रतिक्रिया दिनुहोस