काठमाडौँ । प्रधानमन्त्रीले २७ गते लिने भनिएको विश्वासको मतमा एमालेको माधवपक्षीय सांसदहरू जोखिम मोल्ने कि नमोल्ने भन्ने अन्योलमा छन् भने अर्कातिर केपी र माधव मिलाउने सम्झौताको एउटा बिन्दुलाई सफल पार्न केही नेता जुटिरहेकै छन् ।
त्यसदिनसम्म एमालेभित्र कुनै चमत्कारिक घटना भएन भने पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माधवपक्षीय सांसदहरूले विश्लेषण गरेको जोखिम हो, फ्लोर क्रस गरेर संसदको विश्वास छैन भन्ने पारेपछि सरकार त ढल्छ नै ! तर, त्यसपछि फ्लोर क्रस गर्ने जति सबैको सांसद पद सकिन्छ । अर्को सरकार बन्न संख्या पनि पुग्दैन । अहिले नै त संख्या नपुगेर अविश्वासको प्रस्ताव ल्याउन नसकिएको स्थितिमा भोलि कथं नयाँ सरकार बन्न लाग्यो भने उसले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
त्यतिबेलासम्म फ्लोर क्रसमा गएका सांसदहरूले पद गुमाइसकेका हुन्छन् र तिनले भोट हाल्न पाउँदैनन् । त्यो स्थिति हुने भएकाले आगामी सोमबार अल्पमतमै परे पनि फेरि ठूलो पार्टीको हैसियतमा केपी ओलीकै सरकार रहन्छ । वा, ओलीले विश्वासको मत नपाएको बहानामै निर्वाचनको मिति तोकेर संसद विघटन गर्नसक्ने अवस्था हुन्छ । यी दुबै परिस्थिति आफूहरूका निम्ति प्रतिकूल हुने अर्काे खेमाको बुझाइ छ । भएको सांसद पद जाने, अर्को सरकार बन्दा त्यहाँ संख्या पु¥याइदिन नसकिने, फेरि ओलीकै सरकार बन्यो भने पनि विश्वासको मत नदिएको औचित्य नरहने कारण के–कसो गर्ने भन्ने छलफलमा उनीहरू जुटिरहेका छन् ।
यदि, माधवपक्षीय सांसदले फ्लोर क्रस गरेनन् भने एमालेसँग १ सय २१ मत हुँदा जसपाको महन्थ समूहले १८ सांसद दिने भनेको छ । राप्रपा र नेमकिपाका एक–एक सांसद ओलीसँग रहने भए । त्यसो हुँदा १ सय ३६ मत चाहिनेमा १ सय ४० मत हुन्छ । जसपासँग १६ नै भएछन् भने पनि प्रधानमन्त्रीसँग आफू बच्ने मत हुन्छ । अहिले प्रतिनिधिसभामा बहाल रहेको कूल सदस्य संख्या २ सय ७१ हो । त्यसभित्र मतदानमा उपस्थित हुन नपाए पनि निलम्बित चारको संख्यासमेत गनिन्छ ।
अर्कातिर, भित्रभित्रै सम्झौता हुन सक्ने बिन्दुमा कतिपय एमाले नेताहरू लागिरहेको बुझिन्छ । केपी ओली माधव नेपालसँग रिसाएको प्रधानमन्त्री खाइरहन नदिने भए भनेर हो । केपी ओलीलाई प्रधानमन्त्री पदमा कुनै व्यवधान खडा नगर्ने, माधवपक्षीय अपमानित नेताहरूलाई पनि उचित जिम्मेवारी दिनेजस्ता बिन्दुमा पुगेर कुरा मिल्छ कि भनेर केही नेता कस्सिएको स्रोत बताउँछ ।
देउवामय–प्रचण्डमुक्त
प्रधानमन्त्रीले सरकारी नियुक्तिहरूलाई क्रमशः ‘प्रचण्डमुक्त’ बनाइरहनुभएको छ । भर्खरै प्रचण्डका भतिज पर्ने महेश दाहाललाई अष्ट्रेलियाको राजदूतबाट फिर्ता ल्याउने निर्णयमा पुग्नुभयो । तर, पूरै अवधि सकिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू आरजु राणालाई जापानको राजदूतमा निरन्तरता दिइएको छ । माओवादीपक्षीय गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमबाट शर्मिला त्रिपाठीलाई फिर्ता गराइसकिएको छ । तर, प्रचण्डले समेत दिएको बहुमत र छाडेको प्रधानमन्त्री पद भने केपीले सर्लक्कै आफूँसँगै राख्नुभएको छ । आजको जन आस्था साप्ताहिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २२ बैशाख २०७८, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको निष्पक्षतामाथि ओलीको प्रश्न
आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुने ओलीको जिकिर
संसद् विघटनको मुद्दामा साधारण तारेख तोकिएकोप्रति ओलीको आपत्ति
देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको ओलीको आरोप
‘भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ’ : ओली
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली