काठमाडौं । नेप्से परिसूचक आज १ दशमलव ९४ अंकले बढ्दै २६५४.६९ विन्दुमा पुगेको छ । पहिलो एक घण्टामा पाँच दशमलव ६२ अंकले घटेको नेप्से कोरोबारको तेस्रो घण्टामा दुई दशमलव २७ अंकले बढेको थियो ।
आज एक करोड ३० लाख ९ हजार ४५० कित्ताको सेयर किनबेचमा ६ अर्ब ४ करोड ८६ लाख २ हजार १९० रुपैयाँको कारोबार भयो । आज नौं कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।
समता लघुवित्त र महिला लघुवित्तको सेयर १० प्रतिशतले बढ्यो भने विशाल बजार, राधी जलविद्युत, रुरु लजविद्युतलगायतको सेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ ।
सबैभन्दा धेरै एनसीसी बैंकको २३ करोड बराबरको कारोबार भयो । अरुण कावेली हाइड्रो पावरको सेयर १६ करोड रूपैयाँ बराबर किनबेच भयो ।आज बैंकिङ, होटल एन्ड टुरिजम, फाइनान्स, निर्जीवन बीमा, अन्य र जीवन बीमा समूहको सेयर कारोबार रातो लागेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ बैशाख २०७८, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६०० अंकमा पुग्यो सेयर बजार
घट्यो सेयर बजार
६२ अंकले बढ्यो सेयर बजार
सामान्य अंकले बढ्यो सेयर बजार
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार