काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेपछि आफ्नो पक्षमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका दुवै पक्ष सक्रिय भएका छन्।
दुवै पक्षका शीर्ष नेताहरू सोमबारदेखि आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यसँग सम्पर्कमा छन्। आफूनिकट सांसदलाई अर्को कित्तामा जान नदिन दुवै पक्षका शीर्ष नेता सक्रिय देखिएका छन्।
दुवै पक्षले आफूनिकट सांसदको हस्ताक्षर संकलन गर्ने तयारी गरेको स्रोतको भनाइ छ। महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यलाई तत्काल काठमाडौं बोलाएको छ भने काठमाडौंमा रहेका सांसद तथा कार्यकारिणी समिति सदस्यलाई बाहिर नजान निर्देशन गरेको छ।
यो पक्षले मंगलबार आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यहरूसँग अनौपचारिक छलफल गर्ने भएको छ।
ठाकुर पक्षका कार्यकारिणी समिति सदस्य केशव झाले जसपाका सांसद तथा कार्यकारिणी समितिका सदस्यलाई काठमाडौं बोलाइएको बताए। प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २१ बैशाख २०७८, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै