काठमाडौं । निषेधाज्ञामा उपभोक्ता नठगिउन भनेर बजार अनुगमन तीब्र पारेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।विभागले सोमबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञाको बेला काठमाडौंलगायत देशैभरि खाद्यान्न, औषधि, मेडिकल सामागी, माक्स, स्यानिटाइजरलगायतका दैनिक उपभोग्य वस्तुको आपूर्ति एवं उपलब्धता र स्टकको बारेमा विभागले अनुगमन गरेको छ ।
विभागका अनुसार अहिले बजारमा ठूला आयातकर्ता र वितरक एंव थोक विक्रेताका पसल तथा गोदाममा खाद्यान्न वस्तु पर्याप्त रहेको छ । यसैगरी तरकारी र फलफूल पनि आपूर्ति सहज रुपमा भइरहेको विभागको भनाइ छ ।
साथै स्वास्थ्य सामाग्री पनि पर्याप्त मात्रामा उपलब्ध रहेको पाइएको विभागले बताएको छ । पर्याप्त सामान बजारमा भएकाले कसैको बहकाउमा नलागी सामान स्टक नराख्न पनि विभागले विज्ञप्तिमार्फत सचेत गराएको छ ।यसैगरी उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गर्ने व्यापारीलाई कारबारही गरेको पनि विभागले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० बैशाख २०७८, १७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार, राजनीतिक दल र जेनजीहरूबिच आज त्रिपक्षीय छलफल
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
सरकारमाथिनै सुदन गुरुङको हस्तक्षेप , दलहरुको गम्भीर आपत्ति
दलसँग सम्वाद गर्न सरकार डराउनुका यी हुन् दुई कारण
इलाम जान गृहमन्त्री र ऊर्जा मन्त्रीले पाएनन् टिकट
जेन-जीका दुई समूहबीचनै विवाद।