काठमाडौं । निषेधाज्ञामा उपभोक्ता नठगिउन भनेर बजार अनुगमन तीब्र पारेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।विभागले सोमबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञाको बेला काठमाडौंलगायत देशैभरि खाद्यान्न, औषधि, मेडिकल सामागी, माक्स, स्यानिटाइजरलगायतका दैनिक उपभोग्य वस्तुको आपूर्ति एवं उपलब्धता र स्टकको बारेमा विभागले अनुगमन गरेको छ ।
विभागका अनुसार अहिले बजारमा ठूला आयातकर्ता र वितरक एंव थोक विक्रेताका पसल तथा गोदाममा खाद्यान्न वस्तु पर्याप्त रहेको छ । यसैगरी तरकारी र फलफूल पनि आपूर्ति सहज रुपमा भइरहेको विभागको भनाइ छ ।
साथै स्वास्थ्य सामाग्री पनि पर्याप्त मात्रामा उपलब्ध रहेको पाइएको विभागले बताएको छ । पर्याप्त सामान बजारमा भएकाले कसैको बहकाउमा नलागी सामान स्टक नराख्न पनि विभागले विज्ञप्तिमार्फत सचेत गराएको छ ।यसैगरी उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गर्ने व्यापारीलाई कारबारही गरेको पनि विभागले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० बैशाख २०७८, १७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खर्च कटौतीको नारा, तर मन्त्रीका सल्लाहकारमा करोडौं खर्च
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'