काठमाडौं । जसपाले पार्टी निर्णविपरीत लुम्बिनी प्रदेशमा मन्त्री बनेका आफ्ना ४ सांसदलाई कारबाही गर्ने भएको छ। जसपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले ४ जना सांसदलाई तत्काल मन्त्रीपद त्याग्न निर्देशनसहित स्पष्टीकरण सोध्ने र चित्तबुझदो जबाफ नआउँदा सम्म पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय भएको बताए।
उनले जारी गरेको विज्ञप्तिमा सोमबारै पार्टीको संसदीय दलको बैठक बसी कांग्रेस र मओवादीसँगको सहकार्यमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय भएको उल्लेख छ।
पार्टी निर्णय उल्लंघन गरेर सरकारमा सामेल हुने सांसदले तत्काल राजीनामा दिएर नफर्किए र चित्तबुझदो स्पष्टीकरण नदिए उनीहरूको सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गरिने विज्ञप्तिमा उल्लेख छ। नागरिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०७ बैशाख २०७८, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा