काठमाडौं । जसपाले पार्टी निर्णविपरीत लुम्बिनी प्रदेशमा मन्त्री बनेका आफ्ना ४ सांसदलाई कारबाही गर्ने भएको छ। जसपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले ४ जना सांसदलाई तत्काल मन्त्रीपद त्याग्न निर्देशनसहित स्पष्टीकरण सोध्ने र चित्तबुझदो जबाफ नआउँदा सम्म पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय भएको बताए।
उनले जारी गरेको विज्ञप्तिमा सोमबारै पार्टीको संसदीय दलको बैठक बसी कांग्रेस र मओवादीसँगको सहकार्यमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय भएको उल्लेख छ।
पार्टी निर्णय उल्लंघन गरेर सरकारमा सामेल हुने सांसदले तत्काल राजीनामा दिएर नफर्किए र चित्तबुझदो स्पष्टीकरण नदिए उनीहरूको सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गरिने विज्ञप्तिमा उल्लेख छ। नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०७ बैशाख २०७८, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै