च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल मड्रिड र चेल्सी भिड्ने

सफल खबर संवाददाता

विहीबार, ०२ बैशाख २०७८, ०९ : ३९
च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल मड्रिड र चेल्सी भिड्ने

काठमाडौं । रियल मड्रिडले युईएफए च्याम्पियन्स लिगमा चेल्सीसँग सेमिफाइल भेट पक्का गरेको छ ।क्वाटरफाइनलको दोस्रो लेगमा गएराति एनफिल्डमा लिभरपुलसँग गोलरहित बराबरीमा रोकिए पनि समग्रमा ३–१ को जितसहित रियलले चेल्सीसँगको भिडन्त निश्चित गरेको हो । 

रियलले दुई वर्षपछि सेमिफाइनल खेल्न लागेको हो ।यसअघिका दुई संस्करणमा यो स्पेनिस क्लबले क्वाटरफाइनल छिचोल्न सकेको थिएन ।सेमिफाइनलमा अब रियलले सात वर्षपछि सेमिफाइनलमा पुगेको चेल्सीसँग खेल्ने छ । सेमिफाइनलकै अर्को खेलमा पेरिस सेन्ट जर्मेन पीएसजी र म्यानचेस्टर सिटी भिँड्ने छन् । 


 

प्रतिक्रिया दिनुहोस