काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक घटेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने केही सुधार देखिएको छ । नेप्से परिसूचक २ दशमलव ८५ अंकले घटेर २ हजार ६ सय ७१ दशमलव ६१ अंकमा आइपुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०।६२ अंकले बढेर ४ सय ७६ दशमलव ८० अंकमा रोकिएको छ ।
कारोबार रकम भने ७ अर्ब नाघ्यो । दिनभर भएका ७५ हजार २६५ कारोबारबाट २१५ कम्पनीका १ करोड ६३ लाख ६६ हजार ४७२ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २०९ रुपैयाँ पुगेको छ ।
समूहगत इन्डेक्सहरु धेरै जसो घटेका छन् । व्यापार समूह १६३ अंकले घटेको छ घने जलविद्युत् ३३ दशमलव ०३ अंकले घटेको छ । निर्जिवन बीमा समूह, उत्पादन मूलक जीवन बीमा र लगानी समूहमा रहेको कम्पनीहरुको पनि सेयर मूल्य घटेको छ ।
उता बैंकिङ समूहको सबइन्डेक्स भने ५ दशमलव २३ अंकले बढेको छ भने होटल तथा पर्यटन २३२ दशमलव ६४ अंकले उकालो लागेको छ । विकास बैंक ४० दशमलव ५२ अंकले उकालो लाग्दा लघुवि१ १०७ दशमलव ४४ अंकले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ चैत्र २०७७, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार