जसपालाई फकाउँदै ओली

पत्रपत्रिकाबाट

शुक्रबार, २० चैत्र २०७७, ०७ : १६
जसपालाई फकाउँदै ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार सुरक्षित राख्न जनता समाजवादी पार्टी (जसपा) सँग वार्ता जारी राखेका छन्।

सत्ता साझेदारीका लागि जसपाले राखेका माग पूरा गर्न सरकार र जसपा संयुक्त कार्यदलको बैठक बुधबार बसेको थियो। जसपा नेता एवं कार्यदलका सदस्य लक्ष्मणलाल कर्णका अनुसार बैठकमा माग कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको थियो।

‘अदालतमा विचाराधीन मुद्दा फिर्ता गर्ने सहमति भएको छ। अन्य माग पूरा गर्ने विषयमा छलफल भइरहेको छ’, कर्णले भने, ‘कुरा सकारात्मक छ।’

माग सम्बोधन गर्ने विषयमा निर्णायक तहमा छलफल गर्न सरकार र जसपाका शीर्ष नेताहरूबीच चाँडै बैठक बस्ने कर्णले बताए। आफूहरूले राखेका माग माग पूरा गर्ने प्रतिबद्धता सरकारले गरेको जानकारी उनले दिए।  

जसपा नेता केशव झाले पनि सरकारसँगको वार्ता सकारात्मक भएको बताए। उनले भने, ‘जसले माग पूरा गर्छ, हामीले त्यसैलाई समर्थन गर्छौं।’ जसपाको समर्थनमा सरकार टिकाउन उसले राखेका माग पूरा गर्नेबारेमा प्रधानमन्त्री ओलीले पनि पनि पटकपटक शीर्ष नेताहरूसँग कुराकानी गरेका छन्। नागरिक दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस