एमाले माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कम्युनिस्ट आन्दोलन छिन्नभिन्न र ध्वस्त बनाउन लागेको निष्कर्ष निकालेको छ।
अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेपछि मंगलबार बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो।
यसअघि ओलीले आफू र पार्टीविरुद्ध गतिविधि गरेको भन्दै नेता नेपाल, रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका थिए।
नेपाल–खनाल पक्षको स्थायी कमिटीको बैठकपछि जारी वक्तव्यमा ओलीका कदमले कम्युनिस्ट आन्दोलनमा धक्का पुगेको उल्लेख छ।
वक्तव्यमा स्थायी कमिटीमा नेपाल–खनाल पक्षका सबै सदस्यको हस्ताक्षर छ। बैठकपछि नेता रावलले ओलीका पछिल्लो कदमले पार्टीलाई झन् विभाजित र अन्योलग्रस्त बनाएको बताए।
उनले ओलीले विधानविपरीत केन्द्रीय समितिलाई तोडमरोड गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेकाले आफूहरू पनि समानान्तर समिति बनाउँदै अघि बढ्ने बताए।
‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, त्यसबाट पारित विधान र पद्धति मिच्दै केपी शर्मा ओलीबाट एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको छ,’ रावलले भने। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १८ चैत्र २०७७, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी