काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अहिले प्रधानमन्त्रीबाट हटाए पनि २० महिनापछि दुई तिहाइ ल्याएर सिंहदरबार छिर्ने बताएका छन् । अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको भेलामा ओलीले अहिले आफू नेतृत्वको सरकार नरहे पनि आगामी चुनावबाट दुई तिहाइ ल्याउने बताए ।
आफ्नै पार्टीका नेता माधव कुमार नेपाल सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका विपक्षीहरुले बुनेका तानावानाले आफूलाई कुनै फरक नपर्ने ओलीको भनाइ थियो । व्यग्य गर्दै ओलीले भने, ‘माकुराले थापेको जालोमा भैसी पर्दैन । अहिले पनि माकुराहरूले थुुप्रै जालो थापे । तर गैँडा सुरु–सुरु अघि बढ्छ । जालो कहाँ थियो, त्यसले थाहै पाउँदैन ।’
ओलीले भने, ‘०७३ सालमा मलाई प्रधानमन्त्रीबाट हटाइयो, १९ महिनापछि दुुई तिहाई लिएर फर्किएँ । अहिले हटाउन सक्छन् हटाऊन । २० महिनापछि फेरि यो पार्टी, सूूर्य चिन्हधारी पार्टी, नेकपा एमाले नामको पार्टी, दुुई– तिहाई लिएर सिंहदरबारको मुलगेटबाट फेरि पस्छौँ ।’
प्रधानमन्त्री ओलीले चैत ७ गते केन्द्रीय समितिको बैठक बोलाएको बताए । उनले भने, ‘प्रशस्त समय होस् भनेर चैत ७ गते बैठक बोलाएको छु। यत्रो विघ्न टेलिभिजनमा खिच्या छ। लाईभ दिइराख्या होला। सुनिनँ भन्न पाइने छैन। चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुबाटारमा बोलाएको छु। केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला। अनुपस्थित हुँदै जानुभो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ फागुन २०७७, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले तिरे एमालेको लेबी
ओली भेटन बालुवाटार पुगेकी पूर्वराष्ट्रपति भण्डारीले सोधिन् यस्ता प्रश्न
“मै पनि चौकीदार” देखि “म झोले हो” सम्म : मोदीको सिको गर्दै ओली
ओली सरकारको कुटनीतिक असफलता: सगरमाथा संवादमा कुनै पनि विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख सहभागी नहुने
आफैँले बनाएको लुम्बिनीको सभाहलप्रति ओलीले जनाए असन्तुष्टि
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता