काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने प्रयास हुँदै आएको भन्दै वादप्रतिवादमा नउत्रिने संस्थालाई कसैले पनि विवादमा तान्न नहुने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
परिषद्का अध्यक्ष तथा रक्षामन्त्रीको भूमिकामा समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘नेपाली सेनालाई अनावश्यक विवादमा तान्न खोज्ने वा अपमान, प्रोभोक गर्न खोज्ने अझ घिसारेर विवादमा ल्याउन खोज्ने प्रवृत्ति देखिन्छ । अनुत्तरदायी ढंगले सेनालाई हिलो छ्याप्नु हुँदैन । कानुन उलंघन सेनाले गरेको छ भने हेर्ने निकाय छँदैछन् । तर वाद प्रतिवादमा नउत्रिने संस्थालाई कसैले पनि विवादमा तान्न हुन्न ।’
उनले न्यायोचित शैन्य शक्तिको प्रयोगमा जोड दिँदै उनले सैन्य शक्ति सदैव राष्ट्रिय हितका लागि प्रयोग हुने बताए । सो अवसरमा सेनाको प्रसंशा गर्दैै ओलीले प्रतिरक्षा सुरक्षा, निर्माणजन्य र सेवाजन्य काम सेनाले गर्दै आएको भन्दै पहरासँग टकराउन पनि सेनाले मात्रै सक्ने बताए । ‘अप्ठेरो पर्दा हामी सेनालाई सम्झन्छौँ । सेनाको गौरवपूर्ण इतिहाहास छ’, ओलीले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अरुले खल्बल्याएको शान्ति स्थानपामा सेनाले महत्वपुसर्ण भूमिका खेल्दै आएको छ ।’
उनले पृथकतावादी आन्दोलनलाई अघिल्लो वर्ष सरकारले टुंग्याएको स्मरण गर्दै हालैमात्रै आन्तरिक हिंसा पनि सकिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ फागुन २०७७, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली
देश बनाउने र जलाउनेबिचको लडाइँमा एमालेको जित अनिवार्य छ: अध्यक्ष ओली
फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली
मतदाता भेटघाटका लागि आज फेरि झापामा जाँदै ओली
आजको लोकतान्त्रिक अधिकारको बीउ शहीदहरुले रोपेका हुन् : अध्यक्ष ओली