काठमाडौं । ४१ महिनाअघि चुनावी तालमेलसहित पार्टी एकीकरणमा पुगेका एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्केसँगै मुलुकमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को नामसम्बन्धी विवाद निरूपण गरेसँगै फेरिएको परिस्थितिमा सरकार टिकाउने र गिराउने कसरत सुरु भएको छ।
यति बेला प्रधानमन्त्री केपी ओली आफ्नो पक्षमा बहुमत जुटाउन सक्रिय छन् तर उनलाई माओवादी केन्द्रले समर्थन गर्ने सम्भावना कमजोर बनेको छ। माओवादीले जुनसुकै बेला समर्थन फिर्ता लिने सम्भावना रहेपछि ओलीले वर्तमान सरकारलाई निरन्तरता दिन जनता समाजवादी पार्टीसँग छलफल अघि बढाएका छन्। प्रतिनिधिसभाको रिक्त उपसभामुखसहित जसपासँग सत्तासाझेदारी गर्नेगरी ओलीले आफू निकटका नेतालाई वार्तामा खटाएका छन्।
एमालेका विष्णु पौडेल, सुवास नेम्वाङ, राजन भट्टराईसहितले जसपाका लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लसँग कुरा गरेका छन्। ओली सरकारको विपक्षमा रहेका बाबुराम भट्टराई, उपेन्द्र यादव पक्षसँगको सहमतिबिनै महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले छलफल अघि बढाएको हो। यसबाट जसपाभित्र पनि सत्तासाझेदारीका विषयमा विवाद बढ्ने देखिएको छ। यद्यपि सो पार्टीको साँझ बसेको संसदीय दलको बैठकले अन्य राजनीतिक दलसँग छलफल गर्न पाँच सदस्यीय वार्ताटोली गठन गरेको छ ।
राजनीतिक मुद्दाको आधारमा राजनीतिक दलसँग सहकार्य गर्ने जानकारी दिँदै जसपा नेता शरद्सिंह भण्डारीले भने, ‘हामीले सरकार बनाउने अवस्था छैन। अहिलेसम्म कुनै पार्टीले सत्ता साझेदारीका लागि प्रस्ताव गरेको पनि छैन।’ प्रतिनिधि सभामा १ सय २१ सिट रहेको एमालेलाई जसपाको समर्थन भए अहिलेको सरकारले निरन्तरता पाउनेछ। जसपासँग प्रतिनिधिसभामा ३४ सांसद् छन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ फागुन २०७७, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा