काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ओली समूहको संसदीय दलको बैठक सकिएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा ओली समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पक्षका सांसदहरुलाई भने– ‘हामी ढुक्क छौँ ।’
उनले सांसदहरू नआत्तिन पनि सुझाव दिए । उनले भने, ‘आज ११५ छौं। भोलि १२० हुन्छौं’, हाम्रो संख्या बढ्दै जान्छ ।’ बैठकमा ११५ सांसद उपस्थित भएको ओली समूहको दाबी छ। बालुवाटारभित्र पत्रकारलाई छिर्न दिइएको थिएन ।
प्रधानमन्त्रीले संसदमा दृढताका साथ अगाडि बढ्न निर्देशन दिएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताएका छन्। बैठकमा वामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा उपस्थित थिएनन्। उनीहरू प्रचण्ड(नेपाल समूहको संसदीय दलको बैठकमा पनि सहभागी थिएनन्।
अविश्वासको प्रस्ताव ल्याउन कसैले हिम्मत गर्दैनन्। जो बाहिर हुनुहुन्छ, उहाँहरू पनि फर्कनुहुन्छ। नेकपा विभाजन हुन कठिन छ,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भट्टराईले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ फागुन २०७७, १७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्