काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक शनिबार आज बस्दैछ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि बोलाइएको छ। ओली समूहको शनिबारको बैठकमा प्रतिनिधिसभाको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने जनाएको छ ।
आइतबार बस्ने संसदको पहिलो बैठकको तयारीको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका हुन्। सर्वोच्च अदालतले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन असंवैधानिक ठहर गरि पुनर्स्थापित आईतबार प्रतिनिधी सभा बैठक बस्ने तय भएको छ ।
नेकपाको दाहाल–नेपाल खेमाको संसदीय दलको बैठक शुक्रबार बसेको थियो। सो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेताको रुपमा चयन गरेको थियो। आफ्नो खेमामा बहुमत सांसद रहेको दाबी गरेको दाहाल–नेपाल खेमाले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय पनि गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ फागुन २०७७, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपाले राजेन्द्र श्रेष्ठलाई पार्टीमा भित्राउँदै गर्दा घनश्यामले भित्राउनेछन् चन्ददेव जोशीलाई