झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापास्थित आफ्नो निर्वाचन क्षेत्रमा औद्योगिक पार्कको शिलान्यास गरेका छन् । उनले आइतबार दमकमा ‘चीन–नेपाल मैत्रीपूर्ण औद्योगिक पार्क’को शिलान्यास गरेका हुन् ।
दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा पर्ने जग्गामा पहिलो चरणमा ६४ अर्ब रुपैयाँ लगानी गरेर पार्क बन्नेछ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाका अनुसार पार्क २१ सय बिगाहा क्षेत्रफलमा फैलिएको हुनेछ ।
यसको भौतिक पूर्वाधार ५ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ ।चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभेलपमेन्ट जोन जिङ पिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलपमेन्ट कम्पनी लिमिटेडले पार्क बनाउनेछ ।
पार्क निर्माणका लागि सन् २०१७ मै चिनियाँ टोलीले स्थलगत अवलोकन गरेको थियो ।पार्कमा सवारीसाधन, मोबाइललगायतका विद्युतीय सामग्री उत्पादन गर्ने कम्पनी स्थापना हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ फागुन २०७७, १६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएका छन् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री