झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापास्थित आफ्नो निर्वाचन क्षेत्रमा औद्योगिक पार्कको शिलान्यास गरेका छन् । उनले आइतबार दमकमा ‘चीन–नेपाल मैत्रीपूर्ण औद्योगिक पार्क’को शिलान्यास गरेका हुन् ।
दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा पर्ने जग्गामा पहिलो चरणमा ६४ अर्ब रुपैयाँ लगानी गरेर पार्क बन्नेछ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाका अनुसार पार्क २१ सय बिगाहा क्षेत्रफलमा फैलिएको हुनेछ ।
यसको भौतिक पूर्वाधार ५ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ ।चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभेलपमेन्ट जोन जिङ पिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलपमेन्ट कम्पनी लिमिटेडले पार्क बनाउनेछ ।
पार्क निर्माणका लागि सन् २०१७ मै चिनियाँ टोलीले स्थलगत अवलोकन गरेको थियो ।पार्कमा सवारीसाधन, मोबाइललगायतका विद्युतीय सामग्री उत्पादन गर्ने कम्पनी स्थापना हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ फागुन २०७७, १६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग