एजेन्सी । भारतको पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको निमिट्टा रेलवे स्टेशनमा अज्ञात समूहले मन्त्री जाकिर हुसेनमाथि बम प्रहार गरेको छ। बम आक्रमणमा परी मन्त्री हुसेन गम्भीर घाइते भएका छन्। भारतीय प्रहरीका अनुसार मन्त्रीसँगै कम्तीमा दुई अन्य मानिस पनि घाइते भएका थिए।
रेलमन्त्री पीयूष गोयलले उक्त हमलाको भर्त्सना गरेका छन्। उनले पश्चिम बंगालको निमिट्टा रेलवे स्टेशनमा भएको विनाशकारी बम हमलाको निन्दा गरेका छन्।
पश्चिम बंगाल पुलिसका एक वरिष्ठ अधिकारीका अनुसार श्रम राज्यमन्त्री हुसेन स्टेशनको दुई नम्बर प्लेटफार्ममा बेलुका १० बजे कोलकाता जान ट्रेनको पर्खाइमा थिए। बम विस्फोट हुँदा उनको खुट्टामा चोट लागेको छ। उनलाई जांगीपुर सबडिभिजन अस्पतालमा भर्ना गरिएको छ। आक्रमणको जिम्मा कसैले लिएको छैन।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०६ फागुन २०७७, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?