बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको नेपाल–भारत सीमासम्बन्धी हालैको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्मा स्पष्टीकरण दिनुपर्ने बताए ।
लिपुलेक, कालापानी र लिम्पियाधुरा तीन सय ७२ किलोमिटर नेपाली भूमि १८१६ को सुगौली सन्धीपछि जारी भएका नक्साहरू जताबाट हेरे पनि सो भूमि नेपालको भएको पोखरेलले बताए ।
सांसद पोखरेलले सुगौली सन्धीपछिको नक्साको आधारमा प्रधानमन्त्री शाहले संसदमा जे कुरा बोल्नु भयो आज १९ दिन बितिसक्दा पनि त्यसको विषयमा संसदमा आएर मैले गल्ती गरे नभनेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले देशलाई हेप्नु भयो, तीन करोड नेपाली जनतालाई हेप्नु भयो । राष्ट्रघात हुने बोल्नु भयो, प्रधानमन्त्रीबाट राष्ट्रघात भयो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असार २०८३, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई दिन बिदा दिने निर्णय सच्चाइयोस्: सांसद पोखरेल