विपद पूर्वतयारी : मोबाइलबाट पहिरो निगरानी

सफल खबर संवाददाता

विहीबार, ०४ असार २०८३, १२ : ३९
विपद पूर्वतयारी : मोबाइलबाट पहिरो निगरानी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपदमा ‘मन्त्रीको निरीक्षण भन्दा जनताको सुरक्षा’का लागि ध्यान दिइएको बताएका छन् । त्यसका लागि हेलिकप्टर खटाउनेदेखि मोबाइल एपमार्फत् पहिरोग्रस्त क्षेत्र पहिचान गर्ने लगायतका काम हुने उनले जानकारी दिए ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री गुरुङले सो जानकारी दिएका हुन् ।

उनले भने, ‘हाम्रो लाइन मिनिस्ट्रीले एउटा एप बनाउनु भएको छ । डोजरहरु कहाँकहाँ छ भन्ने हामीलाई ठ्याक्क थाहा हुन्छ । यदि त्यो एरियामा रेस्पोन्स गर्नुपर्यो भने तुरुन्तै बाटो खुलाउने हिसाबले हामीले एउटा एप डेभलप गरेका छौं  । 

विगतमा आफू पनि विपदका बेला उद्धार तथा राहतमा खटिएको जानकारी दिँदै उनले विगतको सरकारबाट भएका कमीकमजोरी यसपटक नहुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस