काठमाडौं । साताको तेस्रो कारोबार सेयर बजार ६५ अंक भन्दा धेरैले बढेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि हुँदा सेयर कारोबार मापक नेप्से परिसूचक ६५ दशमलव ४९ अंकले बढेर २ हजार ४ सय ७ दशमलव ७३ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ अंक् भन्दा धेरैले वृद्धि भएको छ । मंगलबार होटल बाहेकका सबै समूह बढेका छन् । कारोबार रकम पनि ८ अर्ब नाघेको छ ।
दिनभर भएका ७३ हजार ३ सय ६१ कारोबारबाट १ करोड ४९ लाख ७१ हजार २ सय २३ कित्ता सेयर सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ८ अर्ब ४२ करोड २८ लाख ६६ हजार ८ सय २७ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।
मंगलबार सबैभन्दा धेरै बिमा समूह र लघुवित्त लगानीकर्ताहरुले कमाएका छन् । निर्जिवन बिमा समूह ५ अंक् भन्दा धेरैले बढेको छ भने लघुवित्त ३ दशमलव ८ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । सबै सबइन्डेक्सहरु बढेर हरियाली छाउदा होटल समूहको सब इन्डेक्स भने २ प्रतिशत भन्दा धेरैले घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० माघ २०७७, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेमा सामान्य गिरावट
सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ५३ करोडको कारोबार
दोहोरो अंकले बढ्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्ब ७९ करोडको कारोबार
नेप्सेमा सामान्य गिरावट
नेप्से दोहोरो अंकले घट्यो, ३ अर्ब ४८ करोडको कारोबार