मोरङ । जिल्लाको विराटनगरबाट बितेको २४ घण्टामा पाँच जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयले झापाको विर्तामोडबाट ३, अर्जुनधारा नगरपालिकाबाट १ र १ जना विराटनगरबाट पक्राउ गरेको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विपिन रेग्मीले जानकारी दिएका छन् ।
प्रवक्ता रेग्मीका अनुसार विर्तामोड नगरपालिकास्थित भद्रपुर रोडबाट खैरो हिरोइनसहित ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झापा गाँउपालिका शरर्णामतिका ३० वर्षीय मिलन राजवंशीको साथबाट १२ ग्राम खैरो हिरोइन, झापाकै बुट्टाबारीबाट विर्तामोडका २३ वर्षीय रुपेश गुरुङ, २० वर्षीय सुनिल राईको सातबाट ७ ग्राम ६० मिलिग्राम खैरो हिरोइन बरामद भएको उनले जानकारी दिए।
आइतबार विशेष सूराकीको आधारमा तीनै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनिको प्रहरी टोलीले पक्राउ गरेको हो । त्यसैगरि, अर्जुनधारा नगरपालिकाबाट १ सय २० ग्राम गाँजासहित बुद्धशान्ति गाँउपालिकाका ५३ वर्षीय पुरुष लक्ष्मीप्रसाद खतिवडासमेत पक्राउ परेको प्रवक्ता रेग्मीले जानकारी दिए।
अर्कोतर्फ आइतबार नै भारत नेपालको सीमा क्षेत्र विराटनगर १५ बाट एक भारतीय नागरिक पनि लागु औषधसहित पक्राउ परेका छन्।
प्रहरीका अनुसार भारतको अररिया जोगबनीका १७ वर्षीय कालुकुमार शर्मालाई निट्राभेट ७५ ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन ४० ट्याब्लेट र डाइलेक्स ५ बोतलसहित पक्राउ गरेको हो । प्रदेश प्रहरीका अनुसार पक्राउ परेको ५ जनाविरुद्ध थप अनुसन्धान तथा कानुनी कार्वाही अघि बढाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ माघ २०७७, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
नागढुंगामा लागुऔषध नियन्त्रण अभियान, यात्रुवाहक बसबाट एक व्यक्ति पक्राउ
गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ
पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ