चितवन । सरकारले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँङ्ग्रेसले चितवनको ९८ वडामा विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस चितवनको आह्वानमा जिल्लाका सात स्थानीय तहका ९८ वटा वडामा विरोध प्रदर्शन भएको थियो ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार ९८ वडामा कम्तिमा १ जना महिलासहित ७ जनासम्म जिल्ला नेताले सम्बोधन गरेका थिए । एउटा कार्यक्रममा ३ सय देखि ७ सयसम्म सहभागी भएको भन्दै उनले ५० हजार भन्दा बढी नेता कार्यकर्ता विरोधमा उत्रिएको दावी गरे । सरकारले गरेको असंबैधानिक कदमका बिरुद्धमा कांग्रेसले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ माघ २०७७, १८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै
काँग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौँमा भेला आयोजना गर्दै
कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै
काँग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला सुरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल