चितवन । सरकारले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँङ्ग्रेसले चितवनको ९८ वडामा विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस चितवनको आह्वानमा जिल्लाका सात स्थानीय तहका ९८ वटा वडामा विरोध प्रदर्शन भएको थियो ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार ९८ वडामा कम्तिमा १ जना महिलासहित ७ जनासम्म जिल्ला नेताले सम्बोधन गरेका थिए । एउटा कार्यक्रममा ३ सय देखि ७ सयसम्म सहभागी भएको भन्दै उनले ५० हजार भन्दा बढी नेता कार्यकर्ता विरोधमा उत्रिएको दावी गरे । सरकारले गरेको असंबैधानिक कदमका बिरुद्धमा कांग्रेसले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ माघ २०७७, १८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता