प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतका कुनै न्यायाधीशलाई आफूले भेटेको प्रमाणित गर्न चुनौती दिएका छन्।
प्रधानमन्त्री ओलीले शनिबार आफू नेतृत्वको नेकपाको प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै आफूले भेटेको भनी नाम आएका न्यायाधीशलाई सायद कहिल्यै नभेटेको र नचिनेको पनि बताए।
lओलीले ‘यस्तो झुट र बेइमानीको सहारा’ नेकपाकै अर्काे खेमाका नेताहरू पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले लिन थालेको आरोप लगाए। ‘निर्वाचन हुनु हुँदैन, पुरानै संसद् पुनःस्थापना हुनुपर्छ भनेर अदालत जानुहुन्छ।
उहाँहरूसँग कुनै तर्क छैन। झुट र बेइमानीको सहारा लिएर उहाँहरू बोल्नुभएको छ’, ओलीले भने, ‘फलानो–फलानो न्यायाधीश प्रधानमन्त्रीलाई भेट्न गए।
यति बजेदेखि यति बजेसम्म भन्नुभन्दा झुट के हुन्छ ? न्यायालयमाथि योभन्दा ठूलो प्रहार के हुन्छ ? उहाँहरू यो कुराको प्रमाणित गर्नुहुन्छ ? एकपटक होइन, सायद कहिल्यै भेटेको छैन।’ अन्नपूर्ण पोस्ट मा खवर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०४ माघ २०७७, ०७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी