चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं २२ पटिहानीमा निर्माण सम्पन्न भएको अम्व्रेला स्ट्रिट नवीन पर्यटकीय केन्द्र बनेको छ ।
भरतपुर महानगरपालिकाले गरेको तीन वर्षको समीक्षात्मक कार्यक्रममा प्रमुख रेनु दाहालले पटिहानीमा निर्माण गरिएको अम्व्रेला स्ट्रिट नवीन पर्यटकीय केन्द्र बनेको बताइन् । उनले भनिन्, ‘अम्व्रेला स्ट्रिटको निर्माण सम्पन्न भएपछि विशेष गरी आन्तरिक पर्यटकहरु घुम्न गइरहनुभएको छ, यो नौलो पर्यटकीय केन्द्रको रुपमा विकास भइरहेको छ ।’
भरतपुर महानगरपालिका, वडा कार्यालय र पर्यटन मन्त्रालयको लगानीमा बनेको यो स्ट्रिट आन्तरिक पर्यटकहरुको घुइँचो छ । छाता झुन्ड्याइएको आकर्षक सडकमा पर्यटक हिँड्ने अवसर पाउने छन् । पानीको फोहोरा, आकर्षक लाइटसहितको यो सडकबाट साँझको सूर्यास्त र चितवन राष्ट्रिय निकुञ्जका जंगली जनावरहरु हेर्न सकिने भरतपुर महानगरका प्रवक्ता अरुणपीडित भण्डारीले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जको तटीय क्षेत्र पर्ने राप्ती नदीको तटीय क्षेत्र पटिहानीको घट्गाईमा यो स्ट्रिट निर्माण गरिएको महानगरले जनाएको छ । सडकमा नै खानाहरु राखेर रात्रिकालिन सडकको रुपमा यसलाई विकास गर्न सकिने महानगरको भनाइ छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर बनाइएको यस सडक झण्डै आठ गठ्ठा जग्गामा फैलिएको छ ।
चितवनको पटिहानी पनि एक सय पर्यटकीय गन्तव्यभित्र परेकोले धेरै भन्दा धेरै पर्यटक आकर्षण गर्न यसप्रकारको अब्रेला स्ट्रिट बनाइएको महानगरले जनाइएको छ । पटिहानी जंगल सफारी, गाडा सयर, थारु संस्कृतिलगायतमा प्रशिद्ध रहेको ठाउँ हो । यस्तै, भरतपुर महानगरले यस आर्थिक वर्षमा विभिन्न वडामा ७३ वटा मठमन्दिर निर्माण गर्ने योजाना अनुरूप हालसम्म ३७ वटा योजनाको सम्झौता भई निर्माणको चरणमा रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ पुस २०७७, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता