पुस ७ गते दाहाल–नेपाल समूहको नेकपाले पार्टीको १ नम्बर वरीयताका अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर केन्द्रीय सदस्यमा सीमित बनायो । माधवकुमार नेपाललाई अध्यक्ष बनायो ।
पुस ९ गते ओली समूहको नेकपाले पुष्पकमल दाहाललाई अध्यक्षको कार्यकारी जिम्मेवारीबाट मात्र हटायो, अध्यक्ष पदमा यथावत् राख्यो । पुस १४ गते आफ्नो समूहको शक्ति प्रदर्शनमा नेपालले भृकुटीमण्डपबाट भने, ‘हामीले केपी ओलीलाई अध्यक्षबाट मात्र हटाएको हो, सच्चिएर आउँछन् भने पार्टीले अझै स्वागत गर्न तयार छ ।’
पुस १४ गते नै कपिलवस्तुमा ओली समूहका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने, ‘प्रचण्डको आरोपपत्र फिर्ता हुन्छ भने पार्टी एक हुने सम्भावना रहन्छ ।’ यही कुरा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि भनिरहेका छन् । पुस १५ गते प्रधानमन्त्री ओलीले सुदूरपश्चिमका नेताहरूले काठमाडौंमा गरेको भेलामा भने, ‘उहाँहरू आउनुहुन्छ र चुनाव लडेर अध्यक्ष लिनुहुन्छ भने म नेतृत्व छोड्न तयार छु ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २६ पुस २०७७, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ