काठमाडौं । नेता बामदेव गौतम हालसम्म कुनै समूहमा देखिएका छैनन् । न दाहाल पक्ष, न केपी पक्ष कतै पनि उनी देखिएका छैनन्, बामदेव आफू तटस्थ बसेको र पार्टी एकताको पक्षमा रहेको बताउँछन् ।
राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको ठाउँमा आफू भएको भए राजीनामा दिने बताएका छन् । राष्ट्रियसभा बैठकमा पहिलोपटक उनले भने, ‘केपीको ठाउँमा म भए अविश्वासतको प्रस्ताव दर्ताअघि नै पदबाट राजीनामा दिने निर्णयमा पुग्ने बताएका हुन्’ उनले भने, ‘अविश्वासको प्रस्ताव आउला भन्ने सोचेको थिइनँ । आलोचना गर्ने समूहभित्र बसेर पनि पार्टी एकता बचाउन अविश्वासको प्रस्ताव असफल बनाएको थिएँ, उनले भने ।
गौतमले नेकपामा विभाजन रहेको र त्यसबाट आफू दुखी रहेको बताए । उनले अहिले नेकपाभित्रको विभाजनमा आफू कुनै समूहमा नभएको पनि स्पष्ट पारे । ‘पार्टी एकता तीन वर्षमै विभाजन गर्नु थियो भने एकता किन गर्नुपर्थ्यो ? उनले प्रश्न गरे । उनले नेकपा विभाजनको औचित्य नरहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ पुस २०७७, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीका इतरपक्षलाई ‘टिकट’ मै बन्देज लगाउने ओलीको तयारी
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
ओलीको रणनीति : मानव अधिकार आयोगप्रति नरम, जाँचबुझ आयोगप्रति गरम
केपी ओलीले किन दिईरहेका छन् जाँचबुझ आयोग नटेर्ने धम्की ?
जाँचबुझ आयोगलाई थर्काउँदै ओली, बयान मात्रै लिन खोजिए पनि प्रतिवाद
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु