काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालबालिकासँग लामो अन्तक्र्रिया गर्दै बालबालिका धर्तीको भविष्य भएको बताएका छन् । प्रधानमन्त्री ओलीले बालबालिका आफ्नो मुटुको धड्कन पनि भएको बताएपछि बालबालिका फुरुंग भएका थिए । प्रधानमन्त्री ओलीले बालबालिका राजनीतिमा सरिक हुन नहुने र उनीहरूले पढाइलाई नै मुख्य प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
नेपाल स्काउटले इस्बी संवत्को हरेक नयाँ वर्षका दिन प्रधानमन्त्री र बालबालिकालाई अन्तक्र्रिया गराउँदै आइरहेको छ । सोही कार्यक्रमअनुसार शुक्रबार राजधानीका विभिन्न विद्यालयमा अध्ययनरत स्काउटर बालबालिकाले प्रधानमन्त्री ओलीलाई विभिन्न प्रश्न गर्दै जवाफ मागे । प्रधानमन्त्री ओली नेपाल स्काउटका मुख्य संरक्षक पनि हुन् ।
बालबालिकाले प्रधानमन्त्रीलाई राजनीति, शिक्षा, मुलुकको विकास र समृद्धिका विषयमा विभिन्न जिज्ञासा राखेका थिए । उनीहरूले प्रधानमन्त्रीको ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य कहाँ पुग्यो भन्दै प्रधानमन्त्रीलाई विकासप्रति संवेदनशील बन्न आग्रह गरे ।
एक बालकले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘प्रधानमन्त्रीज्यू तपाईंका लागि हामी बालबालिका को हौं ?’ प्रश्न सकिन नपाउँदै प्रधानमन्त्रीले भने, ‘बालबालिका मेरो मुटुको धड्कन जस्तै हुन्, आँखाका नानी भने पनि हुन्छ । बालबालिका मेरो प्यारा सन्तति र भविष्यका कर्णधार ।’ राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १८ पुस २०७७, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदीको जन्मदिन पारेर ओली–मोदी विशेष भेट, दिल्लीको हैदरावाद हाउसबाहिर भेट गर्ने तयारी
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
मदन भण्डारी फाउन्डेसन पार्टीको होइन: ओली
ओली र देउवालाई यसकारण मन्त्री फेर्नें अप्ठ्यारो....
ओलीले देउवासँग प्रकाशमान सहितका मन्त्री फेर्ने प्रस्ताव राख्दै
कुलिङ पिरियडबारे गठित छानबिन विशेष समितिले ओली, ‘प्रचण्ड’ र देउवासँग छलफल गर्दै