काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालबालिकासँग लामो अन्तक्र्रिया गर्दै बालबालिका धर्तीको भविष्य भएको बताएका छन् । प्रधानमन्त्री ओलीले बालबालिका आफ्नो मुटुको धड्कन पनि भएको बताएपछि बालबालिका फुरुंग भएका थिए । प्रधानमन्त्री ओलीले बालबालिका राजनीतिमा सरिक हुन नहुने र उनीहरूले पढाइलाई नै मुख्य प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
नेपाल स्काउटले इस्बी संवत्को हरेक नयाँ वर्षका दिन प्रधानमन्त्री र बालबालिकालाई अन्तक्र्रिया गराउँदै आइरहेको छ । सोही कार्यक्रमअनुसार शुक्रबार राजधानीका विभिन्न विद्यालयमा अध्ययनरत स्काउटर बालबालिकाले प्रधानमन्त्री ओलीलाई विभिन्न प्रश्न गर्दै जवाफ मागे । प्रधानमन्त्री ओली नेपाल स्काउटका मुख्य संरक्षक पनि हुन् ।
बालबालिकाले प्रधानमन्त्रीलाई राजनीति, शिक्षा, मुलुकको विकास र समृद्धिका विषयमा विभिन्न जिज्ञासा राखेका थिए । उनीहरूले प्रधानमन्त्रीको ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य कहाँ पुग्यो भन्दै प्रधानमन्त्रीलाई विकासप्रति संवेदनशील बन्न आग्रह गरे ।
एक बालकले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘प्रधानमन्त्रीज्यू तपाईंका लागि हामी बालबालिका को हौं ?’ प्रश्न सकिन नपाउँदै प्रधानमन्त्रीले भने, ‘बालबालिका मेरो मुटुको धड्कन जस्तै हुन्, आँखाका नानी भने पनि हुन्छ । बालबालिका मेरो प्यारा सन्तति र भविष्यका कर्णधार ।’ राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १८ पुस २०७७, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको निष्पक्षतामाथि ओलीको प्रश्न
आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुने ओलीको जिकिर
संसद् विघटनको मुद्दामा साधारण तारेख तोकिएकोप्रति ओलीको आपत्ति
देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको ओलीको आरोप
‘भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ’ : ओली
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली