काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि सरकारले बसालेको जग अब देखिने गरी थप उचाइमा पुग्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय नयाँ वर्ष सन् २०२१ को अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने अभियान सार्थक बिन्दुको नजिक पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।
‘आगामी वर्ष र दिनहरूमा हाम्रो राष्ट्रियता अझ मजबूत हुनेछ । हाम्रो स्वाधीनताको हामी अझ बढी व्यवहारिक र वास्ताविक अर्थमा प्रयोग गर्दै अघि बढ्ने छौं’, प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने छौं ।’
प्रधानमन्त्रीले राष्ट्रिय समृद्धिका पाइलाहरूलाई उचाइमा पु¥याउने सरकारको अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी तथा दाजुभाइहरूको साथ रहनेछ भन्ने मैले अपेक्षा समेत गरेका छन् ।
बिदा भएको सन् २०२० मा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सामना गर्नु परेको स्मरण गर्दै उनले जसले स्वास्थ्य तथा राष्ट्रको सामाजिक र आर्थिक जीवनमा नकारात्मक असर पु¥याएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ पुस २०७७, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले कूटनीतिक निकाय र राजदूतसँग छलफल गर्दै
राष्ट्रपति, प्रधानमन्त्री र जेनजी अगुवाबीच शीतल निवासमा बैठक जारी
प्रधानमन्त्रीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त
प्रधानमन्त्रीको नाममा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने
संविधान अनुसार ३५ वर्ष उमेर सिमा तर जेनजीलाई राष्ट्रिय सभामा लैजान प्रधानमन्त्रीको हारगुहार
प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच रिक्त हुने सदस्यको चुनावबारे छलफल