ओलीको प्रतिगमन विरुद्ध संयुक्त आन्दोलनको तयारी

नेकपा अध्यक्ष प्रचण्ड र जसपा नेताहरुबिच बुधबार छलफल, काँग्रेससँग पनि अनौपचारिक छलफल तिव्र, एक दुई दिनमै संयुक्त आन्दोलनको घोषणा

सफल खबर संवाददाता

विहीबार, १६ पुस २०७७, ०८ : ३९
ओलीको प्रतिगमन विरुद्ध संयुक्त आन्दोलनको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संविधानमा व्यवस्था नै नभएको प्रतिनिधिसभा असम्वैधानिक रुपमा विघटन गरेपछि राजनीतिक दलहरुले संयुक्त रुपमा आन्दोलनको तयारी थालेका छन् ।

गणतन्त्रका लागि ०६२-०६३ को जनआन्दोलन चलिरहदा सडकको आन्दोलनलले गणतन्त्र ल्याउनु भनेको बयलगाढा चढेर अमेरिका जानु जत्तिकै भएको टिप्पणी गरेका ओलीले अहिले पनि संविधानलाई धुजाँधुजाँ पार्दै प्रतिगमन निम्ताएपछि दलहरु सडक आन्दोलनमा उत्रन थालेका हुन् । पहिलो चरणमा अलग अलग रुपमा नेकपा, काँग्रेस र जसपाले सडक आन्दोलन गरिरहेको छ । साझा विवेकशील पनि आन्दोलनमै छ ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिकको विरुद्धमा उभिन खोज्नु भएको छ, कालान्तरमा उहाँ उही बयलगाढा सिद्धान्तमै जान खोज्नु भएको देखिन्छ,’ प्रवक्ता श्रेष्ठले भने,–फेरि एकपटक राजनीतिक दलहरुले मिलेर सडक संर्घष चलाउनु पर्ने आवश्यकता देखिएको छ । त्यसको तयारी हुदैंछ । अध्यक्ष प्रचण्ड कमरेडले जसपाका नेताहरुसँग बुधबार मात्रै परामर्श गर्नु भएको छ । काँग्रेसका नेताहरुसँग पनि विभिन्न चरणमा छलफल भईरहेको छ ।’

तर यी दलहरुको संयुक्त आन्दोलन हुन सकेको छैन् । पहिलो चरणमा देशभर शक्ति प्रर्दशन देखाएर दोश्रो चरणको संर्घषका कार्यक्रम घोषणाको तयारीमा जुटेको नेकपाले ओली प्रतिगमन विरुद्द राजनीतिक दललाई एकत्रित गर्ने र संयुक्त आन्दोलनको ज्वाराभाट सिर्जना गर्ने तयारीमा लागेको छ । त्यसका लागि एक दुई दिन समय लिने तयारीमा नेकपा देखिएको छ ।

बुधबार संयुक्त आन्दोलनको तयारीका लागि नेकपा अध्यक्ष प्रचण्डले जनता समाजवादीका नेताहरुसँग आन्दोलनका बारेमा परामर्श गरेको प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए । ’प्रधानमन्त्रीले असम्वैधनिक रुपमा प्रतिनिधीसभा विघटन गरेर कु गर्न खोज्नु भएको छ, उहाँ प्रतिगमन तिर जानु भएको छ ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिकको विरुद्धमा उभिन खोज्नु भएको छ, कालान्तरमा उहाँ उही बयलगाढा सिद्धान्तमै जान खोज्नु भएको देखिन्छ,’ प्रवक्ता श्रेष्ठले भने,–फेरि एकपटक राजनीतिक दलहरुले मिलेर सडक संर्घष चलाउनु पर्ने आवश्यकता देखिएको छ । त्यसको तयारी हुदैंछ । अध्यक्ष प्रचण्ड कमरेडले जसपाका नेताहरुसँग बुधबार मात्रै परामर्श गर्नु भएको छ । काँग्रेसका नेताहरुसँग पनि विभिन्न चरणमा छलफल भईरहेको छ ।’

बुधबार अध्यक्ष प्रचण्डले संयुक्त आन्दोलनको कार्यक्रमबारे महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत नेताहरूसँग परामर्श गरेका छन । संयुक्त आन्दोलनको कार्यक्रमका लागि वार्ता अगाडि बढेपछि बुधबार घोषणा गर्ने भनिएको नेकपाको प्रचण्ड–नेपाल पक्षको दोस्रो चरणको आन्दोलनको कार्यक्रम दुई–तीन दिनका लागि स्थगित गरिएको छ ।

‘अरू पार्टीहरूसँग पनि वार्ता प्रक्रिया चलिरहेको छ, सकभर वार्ता र छलफलबाट संयुक्त संघर्षको कार्यक्रम गरौँ, नभए अर्को चरणको आफ्ना तर्फबाट गरिने आन्दोलनका कार्यक्रम घोषणा गरौँला भनेर बुधबार सार्वजनिक नगरिएको हो,’ प्रवक्ता श्रेष्ठले भने । ओलीले पार्टीभित्रको अन्तरविरोध हल गर्न नसकेपछि हठात् पुस ५ मा प्रतिनिधीसभा विघटनको निर्णय लिएका थिए ।

जबकी उनलाई त्यो अधिकार संविधानसभाबाट बनेको संविधानले दिएको छैन् । प्रतिनिधीसभा विघटन गर्न नपाइने र पूर्नस्थापना हुनुपर्ने भन्दै अहिले सर्वाेच्चको सम्वैधानिक अदालतमा यो मुद्धा छ । विपक्षीका नाममा १९ पुसभित्रै जवाफ दिन र २२ पुसबाट निरन्तर सम्वैधानिक इजालसमा यो विषयमा सुनुवाई हुदैछ ।