काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफूपक्षीय कार्यकर्ताको भेलालाई सम्बोधन गर्न बुधबार राजधानीको एक ब्यांकेटमा जाने भएका छन्।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार आज २ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा हुने सुदूरपश्चिम स्तरीय अगुवा कार्यकर्ता भेलामा उनी सहभागी हुने भएका छन्।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि नेकपामा विभाजन आएको थियो। प्रधानमन्त्री ओलीले आफू पक्षीय नेता कार्यकर्तालाई बालुवाटारमै डाक्ने गरेका थिए ।
पुस ६ गते उनले बालुवाटारमा दुबै सदनका सांसदहरूसँग छलफल गरेका थिए भने ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमै बसेको थियो। ९ गते बालुवाटारमा ओली समूहले खुला चौरमा टेन्ट टाँगेर कार्यक्रम गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ पुस २०७७, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली