काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफूपक्षीय कार्यकर्ताको भेलालाई सम्बोधन गर्न बुधबार राजधानीको एक ब्यांकेटमा जाने भएका छन्।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार आज २ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा हुने सुदूरपश्चिम स्तरीय अगुवा कार्यकर्ता भेलामा उनी सहभागी हुने भएका छन्।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि नेकपामा विभाजन आएको थियो। प्रधानमन्त्री ओलीले आफू पक्षीय नेता कार्यकर्तालाई बालुवाटारमै डाक्ने गरेका थिए ।
पुस ६ गते उनले बालुवाटारमा दुबै सदनका सांसदहरूसँग छलफल गरेका थिए भने ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमै बसेको थियो। ९ गते बालुवाटारमा ओली समूहले खुला चौरमा टेन्ट टाँगेर कार्यक्रम गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ पुस २०७७, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली
रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन
सरकारले जेन जेडसँग गरेको सम्झौता कलाविहीन नाटक थियो: ओली