काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सुध्रिनुहुन्छ भन्ने आशा गरेको बताएका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले पार्टी अध्यक्षबाट हटाए पनि केन्द्रीय सदस्यबाट हटाएका छैनौँ, पार्टी सदस्यबाट हटाएका छैनौँ ।’
नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिनका लागि अन्तिम मौका अझै रहेको बताए । उनले प्रधानमन्त्री ओली पश्चाताप गरेर आए छलफल गर्न समेत तयार रहेको बताए । उनले भने, ‘गल्ती भयो भन्ने स्वीकार गर्नुहुन्छ, असंवैधानिक कदमबाट पछि हट्नुहुन्छ र पुनर्स्थापना गर्न तयार हुनुहुन्छ भने सबै विषयमा छलफल गर्न तयार छौं ।’
अन्यथा, भीरबाट लड्नेलाई रामराम मात्र भन्न सकिने पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले बताए । नेपालले निरंकुश केपी ओलीको आयु पुगेको बताएका छन् । ओलीविरुद्ध संघर्षमा आउँदा आफूले पञ्चायतविरुद्धको संघर्ष सम्झिएको नेता नेपालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ पुस २०७७, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'गिरिबन्धु, वाइडबडी, ओम्नीमा व्यक्तिको गल्ती हुनसक्छ, एमालेलाई जोडियो: केपी ओली
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली