काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटको संघारमा पुगिरहेको बेला चीनले पहिलो पटक नेपालको राजनीतिक मामिलाको विषयमा बोलेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको उच्च राजनीतिक टोलीले काठमाडौंमा राजनीतिक भेटघाट गरिरहेको बेला बेइजिङमा विदेश मन्त्रालयका प्रवक्ता चाओ ली च्येनलले नेपाल भ्रमण राजनीतिक स्थिरता र विश्वासको वातावरण बनाउन भएको प्रस्ट पारेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको भ्रमण रणनीतिक सहकार्य र साझेदारीमा केन्द्रित रहेको प्रवक्ता च्येनलको भनाइ छ । कुनै पनि मुलुकको आन्तरिक मामिलामा दक्खल गर्ने चीनको नीति नभए पनि नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा भने चीनको भ्रमण अस्वाभाविक मानिएको छ । नेपालमा संसद् विघटन र नेकपा विभाजनले ल्याउने अस्थिरताका कारण चीनले चिन्तासमेत व्यक्त गरेको छ ।
आइतबार चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री तथा अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत रहेका गुओ येझाउ नेतृत्वको चार राजनीतिज्ञ र दुई उच्चस्तरीय कर्मचारीसहित ६ सदस्यीय टोलीसँग राजदूत होउ यान्छी यतिखेर नेकपाका नेताहरूसँग भेटघाटमा व्यस्त छन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १४ पुस २०७७, ०५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?