काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटको संघारमा पुगिरहेको बेला चीनले पहिलो पटक नेपालको राजनीतिक मामिलाको विषयमा बोलेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको उच्च राजनीतिक टोलीले काठमाडौंमा राजनीतिक भेटघाट गरिरहेको बेला बेइजिङमा विदेश मन्त्रालयका प्रवक्ता चाओ ली च्येनलले नेपाल भ्रमण राजनीतिक स्थिरता र विश्वासको वातावरण बनाउन भएको प्रस्ट पारेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको भ्रमण रणनीतिक सहकार्य र साझेदारीमा केन्द्रित रहेको प्रवक्ता च्येनलको भनाइ छ । कुनै पनि मुलुकको आन्तरिक मामिलामा दक्खल गर्ने चीनको नीति नभए पनि नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा भने चीनको भ्रमण अस्वाभाविक मानिएको छ । नेपालमा संसद् विघटन र नेकपा विभाजनले ल्याउने अस्थिरताका कारण चीनले चिन्तासमेत व्यक्त गरेको छ ।
आइतबार चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री तथा अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत रहेका गुओ येझाउ नेतृत्वको चार राजनीतिज्ञ र दुई उच्चस्तरीय कर्मचारीसहित ६ सदस्यीय टोलीसँग राजदूत होउ यान्छी यतिखेर नेकपाका नेताहरूसँग भेटघाटमा व्यस्त छन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १४ पुस २०७७, ०५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाले तोक्यो प्रदेश इन्चार्ज र संयोजक
नेकपामा कार्यविभाजनको प्रस्ताव : झलनाथ नीति प्रतिष्ठान प्रमुख र वामदेव उत्पादन विभागको जिम्मेवारीमा
नेकपाको कार्यविभाजन: गैर माओवादीको वर्चस्व, पार्टीभित्र असन्तुष्टि चुलिँदै
११ देखि १५ मंसिरसम्म महाधिवेशन गर्ने नेकपाको निर्णय
नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
नेकपा केन्द्रीय समिति बैठक बस्दै