काठमाडां । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह कानुनी र राजनीतिक बचाउका लागि एकअर्काको प्रतिरोधमा उत्रिएका छन्। संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले कानुनी र सडक संघर्ष गर्ने भएको छ भने ओली समूहले दाहाल–नेपाल समूहका गतिविधिको राजनीतिक रूपमा प्रतिकार गर्ने भएको छ। विभाजनको कानुनी र राजनीतिक प्रक्रियामा लागेका दुवै समूह आफूलाई आधिकारिक नेकपा दाबी गर्दै एकअर्काको प्रतिकारमा उत्रिने भएका हुन्।
पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ भने केपी ओली समूह देशव्यापी कार्यकर्ता भेलामा लागेको छ। ओली पक्षले सातवटै प्रदेशमा इन्चार्ज तोकिसकेको छ। ओली पक्षले प्रदेशस्तरीय भेला गरी प्रतिनिधिसभा विघटन र पार्टी विभाजनको अवस्था आउनुको कारण प्रस्ट पार्दै नेता–कार्यकर्तालाई निर्वाचनमा होमिन निर्देशन दिने भएको छ।
दाहाल–नेपाल पक्षले केन्द्रीय कमिटी बैठकबाट प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलन परिचालन कमिटीको कमान्डर तोकेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुनःस्थापनाको माग राखेर दाहाल–नेपाल समूहले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। दाहाल–नेपाल समूहले प्रतिनिधिसभा पुनःस्थापना माग राखेर दायर रिटमा शुक्रबार हुने सुनुवाइमा सर्वोच्च अदालत र निर्वाचन आयोगमा जाने कार्यक्रमसमेत तय गरेको छ। नागरिक दैनिकमा खबर छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १० पुस २०७७, ०७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाले तोक्यो प्रदेश इन्चार्ज र संयोजक
नेकपामा कार्यविभाजनको प्रस्ताव : झलनाथ नीति प्रतिष्ठान प्रमुख र वामदेव उत्पादन विभागको जिम्मेवारीमा
नेकपाको कार्यविभाजन: गैर माओवादीको वर्चस्व, पार्टीभित्र असन्तुष्टि चुलिँदै
११ देखि १५ मंसिरसम्म महाधिवेशन गर्ने नेकपाको निर्णय
नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
नेकपा केन्द्रीय समिति बैठक बस्दै