प्रधानमन्त्री ओलीलाई झट्का, रघुविर महासेठले छोडे साथ

सफल खबर संवाददाता

सोमबार, ०६ पुस २०७७, ०९ : ४५
प्रधानमन्त्री ओलीलाई झट्का, रघुविर महासेठले छोडे साथ

काठमाडौं । प्रधानमन्त्री केपी ओली संसद विघटनको निर्णयपछि राजनीतिक रुपमा नांगिएका छन् । राजनीतिक रुपमा कतिपयले उनको अवसान भएको पनि टिप्पणी गर्न थालेका छन् ।   उनले आफ्नो पद र प्रतिष्ठाका लागि सिंगो ब्यवस्था, जनताको जनमत, लोकतान्त्रिक मूल्य मान्यता सबै भताभुंग बनाएर गै¥ह् कम्युनिष्ट चरित्र प्रर्दशन गर्छन, पश्चगामी निर्णयमा पुग्छन भन्ने उनको हिजोको संसद विघटनको प्रस्तावले नै देखाईसकेको छ । 

पार्टीभित्र र बाहिर समेत कमजोर बन्दै गएका ओलीलाई उनको त्यस्तो गै¥ह् सम्वैधानिक कदकका विरुद्ध अनुशासनको कारवाही गर्ने निर्णय नेकपाको स्थायी समिति बैठकले गरिसकेको छ । उनको कारवाहीका लागि स्थायी समितिले भोलिको केन्द्रीय समिति वैठकमा ठोस प्रस्ताव नै लैंजादै छ । त्यसको पूर्वसन्ध्यामा उनले पार्टीलाई चोइट्याएर लैजाने अनेकन प्रयास थालेका छन् । त्यस क्रममा उनले अहिले सांसदहरुलाई ललिपप देखाउन प्रयास गर्दैछन् । तर उनलाई साथ दिदै आईरहेका कतिपय नेताहरुले भने उनको साथ छोडने क्रम शुरु भएको छ । 

उनी निकट रहदै आएका स्थायी समिति सदस्य रघुविर महासेठले ओलीलाई साथ छोडने संकेत गरेका छन् ।  महासेठ निकट एक नेताका अनुसार रघुविरले ओलीको कदमलाई सही ठहर्याएका छैनन् । उनले ओलीको साथ छोडदैछन् । उनले प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल लगायतका नेतासँग सम्वादमा रहेर ओलीको कदमसँग आफु सहमत नरहेको बताईसकेका छन् । उनी अब प्रचण्ड नेपाललाई साथ दिएर अगाडी जान तयार देखिएका छन् । वरिष्ठ नेता माधव नेपालले पनि एक अन्र्तवार्तामा त्यसको पुष्टि गरेका छन् । 

नेपालले अन्र्तवार्ताका क्रममा भनेका छन्, –‘प्रतिनिधिसभाका सदस्यहरूमध्ये पनि ९० जना उहाँ (ओली) को विपक्षमा उभिइसकेका छन् । अझ दुईजना मन्त्रीहरू (घनश्याम भुसाल र योगेश भट्टराई) अनि रघुबीर महासेठलाई पनि जोड्ने हो भने अहिलेको संख्या ९५ पुगिसकेको छ । उहाँ अत्यन्तै अल्पमतमा पुगिसकेको व्यक्तिले संसद विघटन गर्नु यसै पनि गलत हो । विघटन गर्ने संवैधानिक अधिकार संविधानले दिएको छैन् । अल्पमतमा पुगेको मान्छेले गर्ने त प्रश्नै उठ्दैन ।’