काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, उपनेता सुवास नेम्वाङले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटघाट गरेपछि नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले पनि अध्यक्ष प्रचण्डलाई भेट्न आज खुमलटार गएका छन्।
पोखरेल विहान साढे नौ बजेतिर खुमलटार पुगेर प्रचण्डसँग करिब दुई घन्टा छलफल गरेका छन् । अध्यक्ष प्रचण्ड र पोखरेलबीच नेकपाका अध्यक्षद्वयको आरोपप्रत्यारोपको विषयमा छलफल भएको थियो । पोखेरलले प्रचण्डलाई सचिवालयमा पेश भएको पत्रहरु साझा बनाउन गरी पहल लिन आग्रह गरेका स्रोतको भनाइ छ । दुबै प्रस्तावलाई सबैको साझा बनाऔँ र विवाद समाधान गरौँ भन्नेमा पोखरेलको जोड रहेको स्रोतको भनाइ छ ।
यसअघि महासचिव पौडेल र उपनेता नेम्वाङले पनि कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेर साझा प्रस्ताव बनाउन आग्रह गरेका थिए । दुबै नेतालाई परिस्थिति सकारात्मक बनाउन सकिने अध्यक्ष प्रचण्डले जफाव दिएको स्रोतको भनाइ छ ।
नेकपामा पोखरेल, पौडेल र नेम्वाङ अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन् । ओली निकटका नेताहरु खुमलटार धाउने क्रम पछिल्लो समय बाक्लिएको छ । अध्यक्ष प्रचण्डले शनिबारका लागि सचिवालय बैठक बोलाएका छन् ।
प्रचण्डले शनिबारको सचिवालय बैठकमा ओलीलाई सहभागी गराउन ओली निकटका नेताहरुलाई सन्देश दिएका छन् । ओली अनुपस्थित भएको बैठकले सचिवालय बोलाइएकाले शनिबारको बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने सम्भावना कम भएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ मंसिर २०७७, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्चारमन्त्रीले बोलाए बैठक, फेसबुकलगायत समाजिक सञ्जाल बन्दको गराउँलान् निर्णय ?
नेपाल र भियतनामका उपराष्ट्रपतिबीचको द्विपक्षीय बैठक
उपसभामुख हटाउने सत्ताधारीको तयारीविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको बैठक
उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूले बोलाए बैठक
आज दुई संसदीय समितिको बैठक बस्दै
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै