बागमती । बागमती प्रदेश सभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ ।
प्रदेशसभाको आज साँझ ५:०० बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।
यस्तै प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको आगामी आव २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तावमाथि आजैदेखि छलफल हुने भएको छ ।
प्रदेशसभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सरकारको आगामी आव २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ जेठ २०८३, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सभा: दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
बागमती प्रदेश सभा चैत २४ गते बस्ने
बागमती प्रदेश सभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार
बागमती प्रदेश सभा बैठक अनिश्चित
बागमती प्रदेश सभाको बैठक अनिश्चित
जेनजी आन्दोलनबाट बागमती प्रदेश सभामा ३५ करोड बराबरको क्षति