सार्वजनिक लेखा समितिको बैठक स्थगित

सफल खबर संवाददाता

विहीबार, २१ जेठ २०८३, १२ : ५६
सार्वजनिक लेखा समितिको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक रास्वपाका सांसदहरू समितिमा अनुपस्थित हुने अवस्थाका कारण बैठक स्थगित भएको हो।

रास्वपाको जिल्ला जिल्लामा चुनाव हुँदै गरेको र सोही पार्टीका सांसदहरू त्यहाँ गएकाले कोरम नपुग्ने अवस्था आएपछि बैठक स्थगित गरिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस