काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले चीनका राज्य परिषद् सदस्य वेइसँग सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा भएको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराए ।
भेटमा सहभागी प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले गत वर्ष नेपालमा भएको चिनियाँ राष्ट्रपति सी चीन फिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहो¥याएका थिए । यसबीच राष्ट्रपति विद्यादेवी भण्डारीको पनि चीनमा औपचारिक भ्रमण भएको थियो ।
रक्षा मन्त्रालयको कार्यभार पनि सम्हालि रहेका प्रधानमन्त्री ओलीले चीनले नेपालमा दूरसञ्चार, रेल, विद्युत्, आर्थिक र सामाजिक क्षेत्रको पूर्वाधार विकासमा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । उनले नेपाल समृद्धिका क्षेत्रमा चीनको विकास र सफलताबाट सिक्न चाहेको पनि जनाएका थिए ।
प्रत्युत्तरमा चिनियाँ मन्त्री वेइले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्नातर्फबाट कुनै समस्या नरहेको उल्लेख गर्दै दुबै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को देशसँगको सम्बन्धमा तेस्रो मुलुकको सम्बन्धलाई जोड्न नहुने बताएका थिए ।
सल्लाहकार डा भट्टराईका अनुसार मन्त्री वेइले चीन क्षेत्रीय र अन्तरराष्ट्रिय शान्तिका पक्षमा समेत रहेको स्मरण गराएका थिए ।
आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटमा आफूहरुले थप सैन्य सहयोग गर्ने विषयमा छलफल गरेको पनि मन्त्री वेइले जानकारी गराएका थिए ।
दुई देशबीच लामो समयदेखि घनिष्ठ र समस्यारहित सम्बन्ध रहेकामा दुबै नेताले भेटका अवसरमा सन्तोष व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १४ मंसिर २०७७, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘धरती र जीवन दुवैमा शान्ति छाओस्’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ
नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली मेड्रिटमा
प्रधानमन्त्री ओलीले गराए स्पेन भ्रमणबारे संसद्लाई जानकारी
नेपाल स्वास्थ्य विज्ञानको शुरुवात भूमि होः प्रधानमन्त्री ओली