काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको क्षमतानुसार नै सबैलाई समान रुपमा सहयोग उपलब्ध गराइने बताएका छन् ।
बिहिबार प्रधानमन्त्री निवास बालुवाटारबाट उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले सरकारको क्षमतानुसार नै सबैलाई समान रुपमा सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै भने “अभिभावकको क्षमताअनुसार नै माग गर्न म सबैलाई आग्रह गर्दछु । नेपाल सरकारले गच्छेअनुसार वा एक कदम अगाडि बढेर सहयोगको हात बढाउनेछ । फेरि पनि त्यो सीमित नै हुनेछ किनकि हामीसँग बचत राम्रो छैन ।”
प्रधानमन्त्रीले सरकारका तीन वटै तह र महासङ्घका पनि सोहीअनुसारका तहको संंयुक्त प्रयासबाट मात्रै कोरोनाको महामारीसँग जुध्दै आर्थिक विकासमा केन्द्रित हुन सकिने सकिने बताए । कोरोना महामारीविरुद्ध विभिन्न देशले खोप तयार पारिसकेको सन्दर्भ जोड्दै उनले यसको प्रयोगबाट नै मानव जातिले मुक्ति पाउने विश्वास व्यक्त गरे । सरकार कोरोनाका कारण परेको असरलाई पराजित गरेर अर्थतन्त्र माथि उठाउन लागिपरेको जनाउँदै प्रधानमन्त्रीले सबैको साझा प्रयास तथा सहकार्यबाट मात्रै अगाडि बढ्न सकिने बताए ।
गत आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएकामा कोरोनाका कारण न्यून मात्रै वृद्धि भएको जनाउँदै उनले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने बताए ।
सरकार राष्ट्रिय पूँजी, राष्ट्रिय उद्योग र राष्ट्रिय पूँजीपतिहरुलाई सबल बनाउने पक्षमा रहेको प्रधानमन्त्री ओलीले बताए । राष्ट्रिय पूँजी, उद्यमी र पूँजीपतिहरुलाई विकास गर्न नसक्दा वैदेशिक लगानी खोज्नुपर्ने बाध्यता भएको पनि उनले बताए । देशमा पूँजी निर्माण गरी बह्य देशमा लगानी नगर्न समेत उनले आग्रह गरे । देशमा लगानीका अवसर सिद्धिएको नभई झन् बढेकाले देशभित्रै लगानी बढाउन सुझाव दिए । अहिले पनि देशभित्र उपभोग हुने अधिकांश वस्तु आयात गर्नुपर्ने भएकाले त्यसलाई प्रतिस्थापन गर्न पनि उत्पादन बढाउने क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
नेपालका सबै उद्योग व्यवसाय, सेवा क्षेत्र, कृषि, पर्यटन सबैलाई साथ सहयोग लिएर सहकार्य गर्न सरकार तयार भएको पनि प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ मंसिर २०७७, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले तिरे एमालेको लेबी
ओली भेटन बालुवाटार पुगेकी पूर्वराष्ट्रपति भण्डारीले सोधिन् यस्ता प्रश्न
“मै पनि चौकीदार” देखि “म झोले हो” सम्म : मोदीको सिको गर्दै ओली
ओली सरकारको कुटनीतिक असफलता: सगरमाथा संवादमा कुनै पनि विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख सहभागी नहुने
आफैँले बनाएको लुम्बिनीको सभाहलप्रति ओलीले जनाए असन्तुष्टि
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता