काठमाडौं । सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले शाक्यको नियुक्तिसहित ८ निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।
यी हुन् आजका निर्णय
– काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने।
– गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने।
-विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३ स्वीकृत गर्ने।
– शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र ( व्यवस्थापन नियमावली २०८३ स्वीकृत गर्ने।
-कारागार नियमावली २०८३ स्वीकृत गर्ने।
– मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने।
– भ्रष्टाचार विरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने।
– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असार २०८३, १७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु