एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप

सफल खबर संवाददाता

बुधबार, २४ असार २०८३, १७ : ३२
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध पुन: ५ दिन म्याद थप भएको छ ।

विशेष अदालका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार फेरि म्याद थपको आदेश दिएको हो।

पौडेलविरुद्ध आज चौथो पटक अदालतले म्याद थप भएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस