काठमाडौं । प्रधानमन्त्री केपी ओली चौतर्फी अप्ठयारोमा परेपछि नयाँ नयाँ तुरुपको खोजीमा छन् । उनी कहिले के, कहिले के नयाँ नयाँ अस्त्र मार्फत आफुमाथीको संकट टार्ने प्रयासमा लागेका छन् । एउटै पद उनले आफुले दिए पुग्ने गरी पार्टीमा लामो समयदेखि काम गरिरहेका समकक्षी नेताहरुलाई बाँड्दै हिडन थालेका छन् । तर उनको त्यस्तो रणनीति पनि कामयाबी हुन नसक्दा के गरेर आफुमाथीको संकट टार्न सकिन्छ भन्ने खोजीमा लागेका छन् ।
बालुवाटार स्रोतका अनुसार, ओलीले अहिले वरिष्ठ नेता माधव नेपाललाई पार्टीको अध्यक्ष या महाधिवशेन आयोजक समितिको संयोजक बनाउन तयार रहेको सन्देश पठाएका छन् । आफु निकट नेताहरुमार्फत ओलीले नेपालसमक्ष त्यस्तो प्रस्ताव राखेका हुन् । उनले तत्कालिन दुई पार्टी बीचको एकतामा पूर्व एमाले समुह एक हुनु पर्ने भन्दै पूर्व एमाले नेताहरु एक ठाँउमा रहने गरी समिकरण निर्माण गरेर आफ्नो संकट टार्ने प्रयासमा नेपालसमक्ष त्यस्तो प्रस्ताव निकट नेताहरुमार्फत पठाएका हुन् ।
नेपालले उधारोमा होइन खनखनी हातहातै नगदमै सम्झौता हुनु पर्ने भन्दै केही समय अगाडी देखि उठाउँदै आएको अडानमा केन्द्रीत रहेर ओलीले नेपाललाई अध्यक्ष या महाधिवेशन आयोजक समितिको संयोजक बनाउने प्रस्ताव पठाईरहेका छन् । पार्टीका अध्यक्ष प्रचण्डले २८ कात्तिकको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको प्रवृति उजागर गर्दै ओलीले प्रमुख रुपमा गम्भीर आत्मसमिक्षा र आत्माआलोचना गर्दै पार्टी एकता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् देशको निर्माणमा आवश्यक त्याग सहित पहल लिई समुचित योगदान गर्नुपर्ने बताएपछि ओली अप्ठयारोमा छन् ।
उनले प्रचण्ड र नेपाल समुह मिलेर आफुलाई सरकार प्रमुख र पार्टी अध्यक्षबाट समेत हटाउन सक्ने देखेपछि उनले त्यस्तो कार्ड नेपालसमक्ष फँयाकेका हुन् । ओली निकट नेताहरुले प्रधानमन्त्री छोडन नहुने तर अध्यक्ष भने माधव नेपाललाई छोडेर जान सकिने गरी जानुपर्ने बताएपछि ओली त्यो तुरुपमा अगाडी बढ्न खोजेका हुन् । तर ओलीले पार्टी अध्यक्षको बरियताको पहिलो नम्वर भने पूर्व एमालेका रुपमा माधव नेपालले छोडन नहुने तर्क गरिरहेका छन् ।
माधव नेपाललाई प्रचण्डले वरियतामा पहिलो नम्बरमा हुने गरी स्वीकार गरे आफु नेपाललाई अध्यक्ष छोडन तयार रहेको सन्देश पठाएका छन् । अझ उनले प्रचण्ड पनि सदस्य बस्न तयार रहे र महाधिवशेन आयोजक समिति बनाएर जान तयार रहे माधव नेपालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएर जान सकिनेमा पनि आफु तयार रहेको सन्देश नेपाल कँहा पठाएका छन् । तर यसमा पनि नेपालले सहमति जनाएका छैनन् । ओलीले आफनो संकट टार्ने बहाना खोजेको, प्रचण्डसँगको आफ्नो सहकार्य तोडाउन खोजेको र आफुलाई पदलोलुप देखाउन खोजेको भन्दै नेपालले ओलीले निकट नेताहरुमार्फत पठाएको सन्देशमा सकारात्मक जवाफ दिएका छैनन् ।
उनले ओलीको त्यस्तो सन्देश लिएर आउने नेताहरुलाई ब्यक्ती ब्यक्तीलाई यसरी अनेक कार्ड फँयाक्नुको साटो पार्टी कमिटिकै बैठकमा आफ्नो प्रस्ताव राख्न आग्रह गरि फर्काइदिएको नेपाल निकट स्रोतको भनाई छ । उता उपाध्यक्ष वामदेव गौतमलाई फकाउन पनि ओलीले चुनावी सरकारको प्रधानमन्त्री बनाउने प्रस्ताव पठाएका छन् ।
ओलीले गत वैशाखमा पनि गौतमलाई प्रधानमन्त्री बनाउने तुरुप फँयाकेका थिए । गौतम अहिले राष्ट्रिय सभा सदस्य छन् । राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न नपाउने संविधानको ब्यवस्था छ । गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संसोधन गर्नुपर्ने हुन्छ । यस्तो सम्भावना अहिले देखिदैन् । तर पनि नेताहरु अनेक भ्रमजालमा पर्छन् भन्ने शैलीमा उनले गौतमलाई चुनावी सरकारको प्रमुखको प्रस्ताव पनि निकट नेतामार्फत पुरयाईरहेका छन् ।
ओलीको यो दुवै प्रस्ताव कामयाबी नभएमात्र प्रचण्डसँग सहकार्यको हात बढाउने योजनमा ओली रहेको देखिएका छन् । ओली निकटका दोश्रो तहका नेताहरुले यो विषयमा पनि छलफल गरिरहेको स्रोत बताउछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ मंसिर २०७७, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पतञ्जली जग्गा प्रकरणमा कसरी जोडिए माधव नेपाल ? विशेषमा मुद्दा लैजाने अख्तियारको तयारी
राजा महाराजाको कुनै काम छैन : माधव नेपाल
राजतन्त्रको औचित्य छैन: माधव नेपाल
यो कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार : माधव नेपाल
भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : माधव नेपाल
ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ : माधव नेपाल