नेपाली क्रिकेटका हस्ती पारस खड्का ‘आईसीसी एसोसिएट प्लेयर अफ द डिकेड’ को मनोनयनमा

सफल खबर संवाददाता

बुधबार, १० मंसिर २०७७, ०७ : ५०
नेपाली क्रिकेटका हस्ती पारस खड्का ‘आईसीसी एसोसिएट प्लेयर अफ द डिकेड’ को मनोनयनमा

 काठमाडौँ । नेपाल क्रिकेटका हस्ती टिमका पूर्व कप्तान पारस खड्का आईसीसीको एसोसिएट राष्ट्रतर्फ दशककै उत्कृष्ट किक्रेट खेलाडीहरुको मनोनयनमा परेका छन् ।

आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको ‘आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेड’ ६ जनाको अन्तिम सूचीमा नेपालका खड्का परेका हुन् ।  आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको ६ जनाको अन्तिम सूचीमा नेपालका पारस खड्का परेका हुन् । उनीसँगै स्कटल्यान्डका ३ जना,पपुवा न्यू गिनीका एक र नेदरल्यान्ड्सका एक जना खेलाडी मनोनयनमा परेका छन् ।

आईसीसीले उत्कृष्ट खेलाडीको घोषणा भने डिसम्बेर १८ तारिखमा गर्नेछ । उत्कृष्ट खेलाडी भोटिङ मार्फत हुनेछ । पारससँगै स्कटल्यान्डका काइल कोटजर,केलम म्याकलेओड र रिची बेरिङटन, पपुवा न्यू गिनीका अशाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयनमा परेका छन् ।

सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका पारसले सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हाल्दा नेपाल अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा तल्लो तहमा थियो । उनी नेपाली क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक सफल कप्तान हुन् । नेपाललाई आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि ट्वान्टी–२० विश्वकप र एकदवसीय अन्तार्रष्ट्रिय मान्यता दिलाउन पारसले खेलाडी र कप्तानको रूपमा खेलेको भूमिका अविश्वसनीय छ ।