काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित भएको छ ।
गएराति लखनउमा सम्पन्न खेलमा चेन्नईले दिएको १ सय ८८ रनको लक्ष्य लखनउले १६ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्याे ।
लखनउका लागि मिचेल मार्शले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा ९ चौका र ७ छक्काको मद्दतमा सर्वाधिक ९० रनको अर्धशतकीय पारी खेले । यस्तै, जोश इंग्लिसले ३६ तथा निकोलस पूरनले ३२ रन बनाए ।
चेन्नईका मुकेश चौधरी र स्पेन्सर जोन्सनले एक–एक विकेट लिए । यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो ।
चेन्नईका कार्तिकले शर्माले ४२ बलमा ६ चौका ५ छक्कसहित ७१ रनको उत्कृष्ट इनिङ खेले । यस्तै, शिवम दुबेले ३२, तथा डेवाल्ड ब्रेभिसले २५ रनको योगदान दिए । लखनउका आकाश सिंहले सबैभन्दा बढी ३ विकेट लिए ।
यो जितपछि पनि अंक तालिकाको अन्तिममै रहेको लखनउको १२ खेलबाट ८ अंक छ । पराजित भएको चेन्नई समान खेलबाट १२ अंकसहित छैटौँ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ जेठ २०८३, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेलको प्रतिक्रिया : 'हारबाट निराश छु, टिमप्रति गर्व छ'
विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै