ओलीका गतिविधि पार्टीभित्रै शंकास्पद

सफल खबर संवाददाता

सोमबार, ०८ मंसिर २०७७, ०९ : २३
ओलीका गतिविधि पार्टीभित्रै शंकास्पद

काठमाडौं । प्रधानमन्त्री केपी ओली अहिले दुई खाले रणनीतिमा छ । पहिलो वाहिरी रुपमा देखाउन प्रचण्डको खण्डन प्रस्ताव लेख्दैछन । तर भित्री रुपमा उनका गतिविधि पार्टी विभाजन उन्मुख छ । आफनो मिशनमा उनी प्रष्ट कुदिरहेका छन् । माधव प्रचण्ड निकट नेताका जिल्लास्तरीय कार्यक्रममा आफना कार्यकर्ता परिचालन गरेविथोल्ने, नेताहरुमाथी दुब्र्ववहार गर्ने, आफना कार्यकर्ताको संरक्षण गदै मदन मण्डारी फाउन्डेसनका नाममा कार्यक्रम गदै संगठित गदै जाने, प्रत्यके जिल्लामा १५ हजार भन्दा वढी नयाँ सदस्यता वितरण गर्ने र सत्तामा रहिरहनका लागि जुनकुनै कदम चाल्ने ।

ओलीको यही रणनीतिका आधारमा उनले अहिले पार्टीभित्रकै नेताहरुलाई तर्साउन अनेक फन्डा प्रयोग गरिरहेका छन् । पूराना कम्युनिष्ट नेता प्रदीप नेपालले भन्थे, हेर्नहोला ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै छोडदैनन, वरु उनले नयाँ नयाँ फन्डा निकाल्छन, आफु कसरी टिक्कने मात्र सोच्छन् ।

नेकपा भित्र विवाद बढदा उनले कहिले वामदेव गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरेर नयाँ फन्डा चाले, आफनो संकट केही पछि धकेले । अहिले फेरि उनी नेताहरुका वीचमा टुटाउ र राज गरको नीतिमा कामयावी हुन नसकेपछि फेरि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण भन्दै नयाँ फन्डा सारेका छन् । तर भित्री मक्सदमा ओली न नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्छन्, न कसैलाई छोडछन । उनी आफै आफनो संकट टारेर आफै महाधिवशेनवाट नेतृत्वमा आउने दाउपेजमा छन्  ।

अहिले ओलीको मुख्य कदम भनेकै दुईतिरको निशाना छ । पहिलो, पार्टीमा अध्यक्ष प्रचण्डको दस्तावेजका कारण नागिएको आफनो चेहेरामा थोरै भएपनि लाज ढाक्न पार्टीमा काउन्टर जवाफ लेख्नु र त्यसलाई तल सम्म लैजानु । दोश्रो संसदीय दलमा वहुमत सिद्ध गरेर प्रधानमन्त्रीमा टिकिराख्नु र पार्टाीभित्रकै विपक्षी नेताहरुलाई लौ हटाउ त भनेर चुनौति दिनु ।

यो विकल्प पनि कामयावी हुन नसके छदैछ, अध्यादेशमार्फत पार्टी चोइटाएर लैजानु । अध्यादेशमा पनि ओली लचिलो बनेर आउने प्रयासमा छन् । उनले संसद नवोलाएर अहिले पनि धमाधम कतिपय अध्यादेशहरु ल्याईरहेका छन् । दुई तिहाईको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली आफैमा वालुवाटारभित्रको सुरक्षा खोपीभित्रवाट सरकारको नेतृत्व गरिरहेका छन् ।

सिंहदरवार कार्यलयसम्म पनि साउन यता एकपटक पनि टेक्न समेत नपुगेका प्रधानमन्त्री ओलीका गतिविधि भने रहस्यमय देखिन्छन् । जसकाकारण उनको पार्टीभित्रकै नेताहरु शसंकित छन् । शुरुमा उनले संसद विघटन गरेर जान चाहेका थिए । उनको कमदवाट राष्ट्रपती  देखि उनी निकटकै नेताहरु प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेलसम्म पनि शसंकित भए । संसद विघटनको वाटोमा जान नहुने सुझाव उनीहरुले दिए ।

ओली केही कदम त्यसवाट पछि फर्केको त देखिएको छ । तर उनले पार्टी दलमा वहुमतको कोसिस गरे । तर उनलाई वोलीमा आश्वासन दिएपनि खाली कागजमा हस्ताक्षरमा सांसदहरुको संख्या झन घटन थाले । यसवाट उनी अहिले तिल्मिलाएका देखिन्छन् । उनी निकट स्रोतका अनुसार, त्यसपछि भने ओली अहिले पार्टी र संसदीय दल जुनकुनैमा पनि २० प्रतिशत सदस्य स.ख्या पुगेमा पार्टी विभाजन गर्न सकिने गरी दल विभाजन सम्वन्धी अध्यादेश अगाडी ल्याएर पार्टी फुटाउन चाहिरहेका छन् ।

उनले २० प्रतिशत सम्मको लचिलो प्रस्ताव अध्यादेश मार्फत ल्याउने, आफनो समुहलाई नेकपावाट चोइटाएर एमालेमै फर्काउन दुस्साहस गर्ने, समाजवादी पार्टीमा पनि गत वैशाखमै प्रधानमन्त्रीको कुर्सीमा वसेर पार्टी फुटाईदिन गरेको प्रयासलाई पनि अगाडी वढाउने र काग्रेससाग सत्ता साक्षेदारी गरेर अगाडी वढ्ने गरी अगाडी वढ्न खोजेका छन् ।

उनको यस्तो कदमको पार्टीभित्रका नेताहरुले भने आशंकाले हेर्न थालेका छन् । शनिवार दिउँसो काग्रेस सभापति देउवालाई भेटेर ओलीले गरेको तीन घण्टा लामो भेटवार्ताले पनि ओलीका गतिविधि र भेटघाट सन्देहपूर्ण देखिएको छ ।
यसले नेताहरुलाई ओली अव पार्टी विभाजनको मोडमा जान खोजेको शंका लागेको छ । पार्टी एकताका लागि अन्तिमसम्म प्रचण्ड माधव नेपाल समुहले प्रयास गर्दा पनि ओलीका गतिविधि भने फुटपरस्त नै देखिदै जान थालेको नेकपाका एक स्थायी समिति सदस्यले वताएका छन् ।