काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । पार्टी सचिवालय बैठक तय भएकै समयमा प्रधानमन्त्रीले बालुवाटारमै मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । यसो गर्दा आफु सहित मन्त्रीहरु प्रचण्ड नेपाल समुहले सचिवालय बैठक राखे रोकिने ओलीको बुझाई छ ।
गत कात्तिक २८ मै पार्टीको सचिवालय बैठक आजका लागि तय गरिएको थियो । त्यो बैठक तय गर्दा प्रधानमन्त्री ओली स्यवंं सचिवालय बैठकमा उपस्थित थिए । ओलीका गलत प्रवृत्तिका विरुद्ध पार्टीका अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा १९ पृष्ठको राजनीतिक प्रस्ताव नै पेश गरेपछि ओली अप्ठयारोमा छन् ।
उनले प्रस्ताव फिर्ता नभएसम्म बैठक रोक्ने तयारीमा सचिवालय बैठककै समय जुधाएर मन्त्रिपरिषद्को बैठक राखेका हुन् । सचिवालय बैठक राखेर आफु विरुद्ध कुनै निर्णय लिने गरी नेताहरु अगाडी बढे, त्यही बेला मन्त्रिपरिषद्को बैठकबाट कुनै कदम चाल्न सक्छु भन्ने सांकेतिक रुपमा धम्की पनि ओलीले दिन उही समय जुधाएर क्याबिनेट बैठक राख्ने गरी ओली अगाडी बढेका हुन् ।
यसो गर्दा इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल पनि पार्टी बैठकमा जान रोकिने छन् । गृहमन्त्री थापाले आफु निकट नेताहरुसँग आफु पार्टी बैठकमा सहभागी हुन सक्ने संकेत गरेका थिए । त्यसपछि झन आफु कमजोर हुने ठानी ओलीले थापालाई पनि रोक्न समेत क्याबिनेट राखेको हुन सक्ने बताइन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ मंसिर २०७७, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग