प्रधानमन्त्री ओलीलाई अझै दुई दिन कुर्ने पाँच सचिवालय सदस्यको निर्णय

सफल खबर संवाददाता

मंगलबार, २५ कार्तिक २०७७, १८ : ४०
प्रधानमन्त्री ओलीलाई अझै दुई दिन कुर्ने पाँच सचिवालय सदस्यको निर्णय

काठमाडौँ । नेकपाका बहुमत सचिवालय सदस्यले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै दुई दिन कुर्ने निर्णय गरेका छन् ।

प्रचण्डसहित सचिवालयका पाँच सदस्यले २२ गते प्रधानमन्त्री ओलीलाई लिखितरुपमै बैठक बोलाउने सहमति दिन आग्रह आग्रह गरेका थिए । पाँच नेताको जोड २३ वा २४ मा बैठक बोलाउने थियो ।

ओलीले बैठक नबोलाएपछि अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर ओलीसँग छलफल गरेका थिए । छिट्टोभन्दा छिटो बैठक बोलाउनुको विकल्प नभएको प्रचण्डको जोड थियो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोलि प्रधानमन्त्री उपत्यका बाहिर जाने कार्यक्रम भएकाले पर्सि २७ गते सचिवालय बैठक बोलाउने सहमति दिन र बैठकमा आउन प्रचण्डले प्रस्ताव गरेका छन् । उनका अनुसार आज भएको ओली–प्रचण्डबीचको छलफलमा पनि ओलीले २७ गते बैठक बस्न सहमति जनाएका छैनन् ।

बालुवाटारको भेट लगतै प्रचण्ड धुम्बाराहीस्थित पार्टी कार्यालयमा पुगेर बैठक माग गर्ने चार नेताहरुसँग अनौपचारिक छलफल गरेका थिए । छलफलमा पार्टी एकतालाई बचाउँदै सहमतिमा बैठक बसेर पार्टी एकता रक्षा गर्ने र पार्टीर्का निर्णयहरु कार्यान्वयन गराउने दिशामा अगाडि बढ्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए । त्यसका लागि २७ गतेसम्म अब प्रधानमन्त्रीलाई कुरेर बस्ने निर्णय भएको उनले बताए ।
 

प्रतिक्रिया दिनुहोस