नेकपाभित्रको विवाद उत्कर्षमा पुगेसँगै सचिवालयका नेतादेखि कार्यकर्तासम्म स्पष्ट विभाजनको रेखा देखिएको छ भने एक पक्षले अर्को पक्षको कडा आलोचना गर्दै आएको छ ।
यस्तो अवस्थामा सबै पक्ष जिम्मेवार बन्दै पार्टी एकतालाई कायम राख्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा नेता शंकर पोखरेलले आग्रह गरेका छन् ।
उनले सबै एउटै डुंगामा रहेको हेक्का राख्न अनुरोध गर्दै एकले अर्काको संवेदनशीलतालाई ख्याल गर्ने हो भने पार्टीलाई एकताबद्ध राख्ने सूत्र स्थायी समितिको पछिल्लो बैठकको निर्णय नै हुने उल्लेख गरेका छन् ।
‘हामी एउटै डुंगामा छौं भन्ने हेक्का राख्ने र एक अर्कोको संवेनशीलतालाई ख्याल गर्ने हो भने पार्टीलाई एकतावद्ध राख्ने शुत्र एकताको दस्तावेज र स्थायी समितिको पछिल्लो वैठकका निर्णयमै निहित छग्́, पोखरेलले सामाजिक सञ्जलमार्फत भनेका छन्, ‘एकताको मर्म र भावना विपरितको खेलले कसैलाई जित्न दिँदैन ।
उनले एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमति भन्दा बाहिरवाट जित्ने कोशिस गरिए एकता विरुद्धको खेल सावित हुने समेत तर्क गरेका छन् । उनले भनेका छन्, ‘सचिवालयका कमरेडहरु विवाद र कटुता बिर्सेर एकताको बाटोतर्फ फर्कनु होस् । आम पार्टी पंक्तिको चाहना एकतावद्ध, गतिशील र अनुशासित पार्टी नै हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ कार्तिक २०७७, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब मिसन २०८४ सफल पार्छौं : शंकर पोखरेल
गठबन्धन सरकारका कारण देश बर्बादीतिर धकेलियो : शंकर पोखरेल
वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामर्थ्य छैन : शंकर पोखरेल
विकास निर्माणका काममा सरकार असफल भयाे : शंकर पोखरेल
सरकारकै कारण सामाजिक अराजकता बढ्यो : शंकर पोखरेल
दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ : शंकर पोखरेल